सेन्टेनिअल स्कुललाई जिल्लाब्यापी लोक नृत्य प्रतियोगिताको उपाधी

काठमाडौं । जोरपाटीकोस्थित सेन्टेनिअल स्कुलले राष्ट्रिय संस्थागत विद्यालय संघ (निसान) ले राजधानीको जोरपाटीमा आयोजना गरेको जिल्लाब्यापी लोक नृत्य प्रतियोगिताको उपाधी जितेको छ । नारायणटारमा रहेको छिमेकी पार्टी प्यालेसको सभाहलमा भएको प्रतियोगितामा २८ स्कुललाई पछि पार्दै सेन्टेनिअल स्कुलले उपाधी जितेको हो । प्रतियोगितामा जिवन तारा स्कुल दोश्रो, एकता जेम्स स्कुल तेश्रो, हिम शृङ्खला स्कुल चौथो र प्रयाक्सिस स्कुल पाँचौं भएको थिए ।
गमलामा पानी हालेर उट्घाटन गरिएको उक्त कार्यक्रममा काठमाडौं ३ का प्रतिनिधि सभा सदश्य कृष्ण राईको प्रमुख आतिथ्यतामा र निसानका अध्यक्ष ओम प्रसाद ढकालको सभापतित्वमा भएको थियो । कार्यक्रममा विजयी स्कुल र सहभागी विद्यार्थीलाई निसानका अध्यक्ष ओम प्रसाद ढकालले शिल्ड मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा निसान अन्तर्गतका स्कुलमा एसईईमा ३.६ जिपिएभन्दा माथि ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बिभिन्न स्कुलका विद्यार्थीले नेपाली मौलिक संस्कृति झल्कने खालको नृत्य प्रस्तुत गरेका थिए ।

:583 Views

Leave a Reply