एनप्याब्सन काठमाडौंले जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता गर्ने

काठमाडौं, श्रावण २६ । काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा एनप्याब्सन जिल्लास्तरीय अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता २०७५ श्रावण २९ गते मंगलबार साँस्कृतिक संस्थान नाचघरमा हुने भएको छ ।
रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७५ आयोजना गर्न लागेको जानकारी गराएको हो ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै एनप्याब्सनका प्रचार प्रमुख तथा कार्यक्रम संयोजक गेन्द्र लामाले नेपालीहरुको आफ्नै मौलिक कला र सस्कृति रहेको हुँदा संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यका साथ यो प्रतियोगीताको आयोजना गरेको जानकारी गराएका थिए ।
उनले गत बर्षझैँ यस वर्ष पनि अन्तरविद्यालय नेपाली लोक नृत्य प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउँदै कार्यक्रमको उद्घोषकको रुपमा मिस नेपाल २००५ तथा नेपाल टेलिभिजनकी कार्यक्रम प्रस्तोता सुगारिका केसी रहने आयोजकले बताए । निर्णायकहरुमा मिथिला शर्मा, महेश गोदार, र रोचक थापा रहने बताए ।
उनले प्रतियोगितमा प्रथम दितीय र तृतीय हुने विद्यालयले क्रमश नगद पुरस्कार रु १० हजार , ७ हजार र ५ हजार सहित ट्रफी, प्रमाण पत्र सहित सान्त्वना पुरस्कार प्राप्त गर्ने र अन्य विभिन्न विधामा उत्कृष्ट हुने ६ वटा विद्यालयहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने बताए ।
उनले उक्त प्रतियोगिताको उत्कृष्ट १ जना नृत्य निर्देशक र एक रएक जना छात्र रछात्रा उत्कृष्ट नृत्यांगनालाइ पुरस्कारको रुपमा ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने बताए ।
उक्त प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउनेछन भने प्रतियोगीहरुको संख्या कम्तिमा ८ जना र बढीमा २४ जना हुने पर्ने आयोजकले बताए ।
:1334 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव