विद्यार्थीले उडाए वाटर रकेट : तीन विद्यालय अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट

काठमाडौं २८ साउन । काठमाडौंका चार विद्यालय अन्तर्राष्ट्रिय वाटर रकेट प्रतियोगिताको लागि छनौट भएका छन् ।

जडिबुटीस्थित ब्रेनहर्ट स्कुल, जडिबुटीस्थित द सेलिब्रेसन स्कुल र भद्रवासको आदर्श मा वि उक्त प्रतियोगिताको लागि छनौट भएका हुन् ।

विज्ञान शिक्षक समाज नेपाल (स्टान) र नेपाल वैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्द्र(नेसार्क) को संयुक्त आयोजनामा काठमाडौको जोरपाटीस्थित द सेलिब्रेसन को एड स्कुलमा दशौं राष्ट्रिय वाटर रकेट प्रतियोगितामा ती विद्यालयहरु क्रमशः पहिलो, दोस्रो र तेस्रो भएपछि ती स्कुलका विद्यार्थीहरु प्रतियोगिताका लागि योग्य ठहरिएका हुन् । सो प्रतियोगिता आगामी नोभेम्बरमा सिंगापुरमा हुँदैछ । सो प्रतियोगिताको नाम एपीआरएसएएफ – २५ अन्तर्राष्ट्रिय वाटर रकेट प्रतियोगिता निर्धारण भएको छ ।

‘पानीलाई इन्धनको रुपमा प्रयोग गरी हावाको चापबाट प्रक्षेपण गरिने वाटर रकेट वास्तवमा रकेटकै सानो नमुना हो । यसले विद्यालयस्तरिय विज्ञान शिक्षाको अन्तरीक्ष विज्ञान शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउँदछ र यो महत्वपूर्ण प्रयोगात्मक सामाग्री हो ।’

काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लाहरुबाट ८९ वटा विद्यालयले भाग लिएको सो प्रतियोगितामा ४०० जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए भने ९५ बिज्ञान शिक्षक, ३० स्टान प्रतिनिधि, १० नेसार्क प्रतिनिधि, २० बिज्ञान जिज्ञासु, ५० अभिभावक ,१० अतिथि सहित ६ सय २५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको प्राविधिक संयोजन स्टानले गरेको थियो ।

‘पानीलाई इन्धनको रुपमा प्रयोग गरी हावाको चापबाट प्रक्षेपण गरिने वाटर रकेट वास्तवमा रकेटकै सानो नमुना हो । यसले विद्यालयस्तरिय विज्ञान शिक्षाको अन्तरीक्ष विज्ञान शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउँदछ र यो महत्वपूर्ण प्रयोगात्मक सामाग्री हो ।’ स्टानका डम्बरुप्रसाद पोखरेलले भने ।

कार्यक्रममा प्रत्येक विद्यालयबाट ४ जना विद्यार्थीलाई दुई समुहमा बिभाजन गरि प्रत्येक स्कुलबाट दुईवटा रकेट प्रतिस्पर्धामा राखिएको थियो । कार्यक्रममा १८० वटा रकेट उडाइएको र ३ फिट अग्लो प्यारासुट सहितको विशाल रकेटको समेत डेमो लन्च गरिएको थियो ।

कार्यक्रमको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले गरेका थिए । सो अवसरमा मेयर थापाले विद्यालय शिक्षामा बिज्ञान र प्रबिधिको विकासमा सक्दो सहयोग गर्ने कुरा बताउदै आफू बिज्ञान शिक्षकहरुबाट उत्साहित भएको बताए ।

समारोहमा स्टानका अध्यक्ष खिलकुमार प्रधानले आफ्नो संस्थाले सदैव बिद्यालय स्तरिय बिज्ञान शिक्षाको प्रवद्र्धन गर्दै जाने कुरा बताए भने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बिद्यालय शिक्षालाई सहयोग गर्ने प्रतिस्पर्धामा आफ्नो सधैँ सहयोग रहेने बताए भने स्टानका सचिव मनोज आचार्य, नेसार्कका अध्यक्ष कृष्णराज अधिकारी तथा सेलिब्रेसन स्कुलका प्रिन्सिपलले विज्ञान र प्रविधिका विषयमा बोलेका थिए ।

उक्त स्पर्धामा ३ वटा आधुनिक रकेट लन्चर प्रयोग गरी ८० मिटरको लक्ष्यमा रकेट प्रक्षेपण गरिएको र भक्तपुर खरिपाटीस्थित श्रीकृष्ण मा बि का विद्यार्थीले स्थानीय सामाग्रीको प्रयोग गरी निर्माण गरिएको रकेट लन्चर सार्वजनिकिकरण गरिएको थियो ।

:1534 Views

Leave a Reply