वादविवादमा पञ्चकन्या र वागीश्वरी प्रथम

भक्तपुर – ‘फेसबुक उपयुक्त होइन’ र ‘धनभन्दा मन ठूलो’ भन्ने विषयमा भएको वादविवादमा वागीश्वरी र पञ्चकन्या मावि प्रथम भएका छन् ।
प्रतियोगितामा छात्रतर्फ वागीश्वरी माविका उज्ज्वल सुवेदी प्रथम, पञ्चकन्या माविका राम दुलाल द्वितीय र चा“गुनारायण माविका नन्दराम दाहाल तृतीय भएका छन् भने छात्रातर्फ पञ्चकन्याकी करुणा तिमिल्सिना प्रथम, जोरपाटी माविकी सुष्मा खत्री द्वितीय र चा“गुनारायणकी सन्ध्या ढुङ्गेल तृतीय भएकी छिन् ।
सार्वजनिक मावि संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्यतालिकाअनुसार देवी माविको आयोजनामा माविस्तरीय वादविवाद प्रतियोगिताका लागि छात्रलाई ‘फेसबुक उपयुक्त होइन’ र छात्रालाई ‘धनभन्दा मन ठूलो’ विषय दिइएको थियो ।
प्रतियोगितापश्चात भएको पुरस्कार वितरण कार्यक्रममा समितिका अध्यक्ष कृष्णप्रसाद धन्छाले यस्ता अतिरिक्त कृयाकलापले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यावहारिक रुपमा जीवनोपयोगी हुने विचार व्यक्त गरे भने गणेश मावि छालिङका प्रअ इन्द्रबहादुर फोंजु फेसबुकको महत्वमाथि प्रकाश पारेका थिए । कक्षा ९ र १० का छात्रछात्राको उत्साहजनक उपस्थितिमा भएको उक्त प्रतियोगिता देवी माविका प्रअ राजाराम छुकां, तारा माविका प्रअ रामगोपाल त्वायनाले पनि बोलेका थिए ।
:1296 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव