चित्रकलामा दिव्यदीप प्रथम

भक्तपुुर । स्कुल डेभलप्मेन्ट रिसोर्स बोर्ड(एसडीआरबी) को आयोजनामा भएको चित्रकला प्रतियोगितामा दिव्य दीप ज्योति इ. स्कुल प्रथम भएको छ ।
भक्तपुरको लोहकिन्थलीस्थित सो विद्यालयकी छात्रा रितिका खड्काले प्रथम स्थान हासिल गरेकी हुन् ।
२०७५ साउन २५ गते भएको सो कार्यक्रममा ९ वटा विद्यालयका १८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नोवेल स्कुलका रचित लामा दोस्रो र होली गार्डेन स्कुलका नयस राईले तृतीय र अर्विट स्कुलका जीतेन्द्र खत्रीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
दिव्यदीप ज्योति स्कुलमा भएको प्रतियोगिताका विजेतालाई प्याब्सन भक्तपुरका सचिव सेमन्तराज सुवेदी र एसडीआरबीका संयोजक रत्नमान शंखदेवले संयुक्त रुपमा पुरस्कार दिएका थिए ।
कार्यक्रममा इसीए इन्चार्ज सञ्जीव खनाल, सुमन बस्नेत र गणेशराम कालुले पनि अतरिक्त क्रियाकलापको विषयमा बोलेका थिए । को पनि उपस्थिती रहेको थियो । कार्यक्रमको संयोजक लोहकिन्थली स्थित दिव्य दीप ज्योति स्कुलले गरेको थियो ।
:1341 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव