अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं ३० साउन । काठमाडौं जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७५ मा काठमाडौंको प्राक्सिस इन्टरनेशनल स्कुल प्रथम भएको छ ।

राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा श्रावण २९ गते मंगलबार साँस्कृतिक संस्थान नाचघरमा भएको सो प्रतियोगितामा द्धितीय बेष्ट गु्रप भिजन स्कुल र तेस्रोमा दीव्य ज्ञान स्कुलका विद्यार्थी भएका छन् ।

प्रतियोगितामा प्रथम हुने स्कुलले कौडा नृत्य प्रस्तुत गरेका थिए भने द्धितीय र तृतीय भएको विद्यालयले क्रमशः संगिनी र छलिया नृत्य प्रस्तुत गरेका थिए ।

विभिन्न जातजाति, भाषाभाषीहरुले विभिन्न समय र अवसरमा नाच्ने गरेको नृत्यलाई विद्यार्थीले नाचघरको आँगनमा प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक गेन्द्र लामाले नेपालीहरुको आफ्नै मौलिक कला र सस्कृति रहेको हुँदा संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यका साथ यो प्रतियोगीताको आयोजना गरेको जानकारी दिए ।

यो पनि हेर्नुहोस् : https://nuwagi.com/?p=1132

मिथिला शर्मा, महेश गोदार, र श्रीहरी श्रेष्ठले विद्यार्थीहरुले प्रस्तुत गरेका नृत्यको मूल्यांकन गरेका थिए । प्रतियोगितमा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमश नगद पुरस्कार रु. १५हजार , रु. १२ हजार र रु. १० हजारसहित ट्रफी, प्रमाण पत्र पाएका छन् ।

प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने विद्यालयलाई पनि सोही अवसरमा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा पायोनियर पब्लिक स्कुलका नेत्र तामाङ छात्रतर्फ उत्कृष्ट नृत्यांगना भएका थिए ।

 

:958 Views

Leave a Reply