सरकारलाई भोलिसम्मको म्याद, दुईदिन विद्यालय बन्दको धम्की

काठमाडौं ३० साउन । बर्षौंदेखि सामुदायिक विद्यालयमा न्यून पारिश्रमिकमा काम गर्दै आएका कर्मचारीहरुको पारिश्रमिक थप गर्नुपर्ने भन्दै आन्दोलित भएका छन् ।
सामुदायिक विद्यालयमा सरकारले कर्मचारी दरबन्दी नदिएको, लामो समयदेखि काम काज गरिरहेका कर्मचारीहरुको सेवा सुविधा ग्यारेन्टी नभएको भन्दै नेपाल बिद्यालय कर्मचारी परिषद आन्दोलनमा उत्रिएको हो ।
आन्दोलनअन्तर्गत आफ्ना मागहरु सरकारले सम्बोधन नगरे भदौ ३ र ४ गते देशभरका सामुदायिक बिद्यालयहरू बन्द गर्नेसम्मका कार्यक्रम उनीहरुले तय गरेको परिषद्ले जनाएको छ ।
‘नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रीय कार्य समितिको साउन १२ र १३ गते बसेको बैठकबाट अनुसार प्रदेश सरकारदेखि शिक्षामन्त्री सम्मलाई ज्ञापन पत्र बुझाइसकेका छौं । यतिमात्र नभएर हामीले २४ गते देखि ३१ गतेसम्म जिल्ला शिक्षा विकास समन्वय इकाई , जिल्ला प्रशासन कार्यालयमा र प्रत्येक न.पा र गा.पा हरुमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम पनि तय भएको छ ।’ परिषद्का उपाध्यक्ष रामप्रसाद कुमाईले भने ।
उनले साउन ३१ गते(भोलि)सम्म विद्यालय कर्मचारीका मागहरु पूरा नगरे भदौ ३ र ४ गते देशभरका सामुदायिक बिद्यालयहरु बन्द गर्ने र ७ गते काठमाडौंमा शान्तिपूर्ण जुलुस गर्ने, शिक्षा मन्त्रालय, र प्रधामन्त्री कार्यालयमा धर्ना दिने कार्यक्रम रहेका तय गरेका छन् ।
वि.सं. २०६८ सालदेखि हालसम्म देशभर ३५ हजार कर्मचारीहरु कार्यरत छन । जसमध्ये २२ हजारलाई मात्र नगन्य रुपमा अनुदान दिइएको परिषद्का उपमहासचिव प्रकाश पाण्डेले बताए । उनीहरुका अनुसार कर्मचारीहरुले मासिक रु .२ हजार देखि ११ हजार ५ सयसम्म पाउने गरेका छन ।
:10377 Views
gara gara timiharukai din xa. kam xina school banda garne re . hoina school banda garna kasle paisa dinxa ha. alikati bidharthiko barema khyal gareka xau .
कर्मचारी को पिर मर्का बुझी दरबन्दी सृजना का साथै तलब भत्ता ब्यबस्था गरियोस
कर्मचारी को पिर मर्का बुझी दरबन्दी सृजना का साथै तलब भत्ता ब्यबस्था गरियोस
बास्तबमा भन्ने हाे भने बिध्यालय कर्मचारी ,बालशिक्षाका शिक्षिका हरूकाे पारिश्रमिक ज्यादै कम छ जुन कुरा हरेक जनप्रतिनिधि लगायत सरकारलाई समेत अबगत छ तर याे देशमा भन्दा सुन्ने काेहि छैन सुनाउनका लागि टिन ठटाउनै पर्ने बाध्यताले अान्दोलन घाेषणा भएकाे हाेला ।तसर्थ सबै क्षेत्रबाट ऐक्यबद्धता जनाई सहयाेग गरे राम्रो हाेला।