करियरका विद्यार्थीलाई रोबोटिक्स सिकाउन अमेरिकाबाट प्रशिक्षक

काठमाडौं । केही महिनाअघि पेप्सीकोलास्थित करियर बिल्डिंग इन्टरनेशनल एकेडेमी (सिबिआइए स्कुल) लाई उपहारस्वरुप नेदरल्याण्डबाट प्राप्त विज्ञान प्रविधिसम्वन्धि रोबोट र रोबोटिक्सबारे थप प्रशिक्षण दिनका लागि अमेरिकामा बसोबास गर्दै आएका नेपाली र श्रीलंकका विशेषज्ञहरु १० दिन देखि नेपालमा छन् ।
ह्वि लभ पाइ अर्थात ‘हामी पाइलाई माया गर्छाैं’ संस्थामार्फत नेपाल आएका अमेरिकाको पुर्ण विकसित राज्य सिलीकन सिटीमा बसोबास गर्दै आएका नेपाली मुलका अमेरिकी विशेषज्ञ भवानी सापकोटा र श्रीलंकन प्रशिक्षक जुहियर कुरेशी छन् ।
उनीहरुका साथमा अमेरिकी विद्यार्थीहरु मलिन सापकोटा, सहिर कुरेशी र समिन कुरेशी रहेका छन् । पाँच सदस्यीय अमेरिकी विशेषज्ञ र विद्यार्थीले करियर विल्डिंगका विद्यार्थीलाई रोबोट र रोबोटिक्सका नयाँ प्रविधिबारे सिकाएका थिए ।
यसअघि गत बैशाखमा भोलुन्टर सर्भिस नेपाल मार्फत नेपाल आएका नेदरल्याण्डसका संयोजक लिन्दा रिच र एन्जेला विलिंकको समूहले सो विद्यालयलाई करीव २५ लाख नेपाली रुपैयाँबराबरको रोबोट र रोबोटिक्स सम्वन्धि वैज्ञानिक उपकरण, १६ थान रोबोट, ४ वटा आइप्याड र ४ वटा ल्यापटप उपहार दिनुका साथै करियरका विद्यार्थीलाई १० दिनसम्म तयसबारे प्रशिक्षण दिएर फर्केका थिए ।
सम्बन्धित अभिलेखहरू
कोभिद्को कोप
घरमै गर्न सकिन्छ मन्टेश्वरी पढाइको सिकाई (भिडियो)
संशय
कोरोना
लक डाउनको बेला आफ्नो सन्तानको हेरचाह कसरी गर्ने? यसो भन्छन् मनोविद्
HOW TO CHOOSE A RIGHT SCHOOL FOR YOUR CHILD
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव