तयार भयो छात्रवृत्ति कार्यविधि, होला त छात्रवृत्ति वितरण विवादरहित ?

काठमाडौं ४ भदौ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले छात्रवृत्ति पाउने प्रावधानसहित महानगरपालिकाले छात्रवृत्ति कार्यविधि निर्माण गरेको छ ।
चितवनको भरतपुर महानगरपालिकाले बनाएको छात्रवृत्ति व्यवस्थापन कार्यविधिमा प्रत्येक विद्यालयले विद्यार्थी संख्याको १० प्रतिशतका दरले अनिवार्य छात्रवृत्ति दिनुपर्ने प्रावधान राखेको छ ।
कार्यविधिमा ‘नर्सरीदेखि नै कक्षामा पहिलो हुने विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने व्यवस्था, कक्षामा दोस्रो हुनेले आधा छात्रवृत्ति पाउने र ५० प्रतिशत छात्राले अनिवार्य रुपमा छात्रवृत्ति पाउने व्यवस्था उल्लेख छ ।
महानगरले बनाएको कार्यविधिमा ३७ प्रतिशत जेहेन्दार विद्यार्थी छात्रवृत्ति, ३६ प्रतिशत गरिब तथा विपन्न समुदाय छात्रवृत्ति पनि निर्धारण भएको छ । कर्यविधिमा यसअघि नदिइएको मधेस आन्दोलनका घाइते पीडित परिवारलाई सन्तानलाई समेत २ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको छ । यसबाहेक जनआन्दोलनका घाइते, शहीद परिवार, जनजाति र दलितलाई समेत छात्रवृत्ति दिनुपर्ने कार्य्विधिमा जनाइएको छ ।
कक्षा १० सम्म विद्यालयले निवेदन माग गरी आवश्यकताअनुसार परीक्षा लिएर, विद्यार्थीका अवस्था मूल्यांकन गरी छात्रवृत्ति दिनुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ ।
महानगरपालिकाको महानगर शैक्षिक प्रशासन महाशाखाले विद्यालय छात्रवृत्ति व्यवस्थापनको कार्यविधि तयार भएको जनाएको छ । महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार छात्रवृत्ति व्यवस्थापनको कार्यविधि तयार पारेको बताए ।
कार्यविधिले ६ जनाको छात्रवृत्ति वितरण समिति र ९ सदस्यीय छात्रवृत्ति व्यवस्थापन समिति निर्माण गर्ने पनि जनाएको छ । छात्रवृत्ति वितरण समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालय निरीक्षक, स्रोत व्यक्ति, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष, वडा समितिका प्रतिनिधि र प्रधानाध्यापक रहन्छन् ।
कार्यविधिले छात्रवृत्ति वितरणलाई अझ चुस्त, व्यवस्थित र विवादरहित बनाउने महानगरपालिकाले अपेक्षा गरेको छ ।
:1326 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव