कापी जाँचकी नै शिक्षक परीक्षाको तयारी कक्षामा !

भक्तपुर ४ भदौ । ‘पहुँच’ र ‘सोर्स–फोर्स’ लगाएर कापी जाँच गर्ने प्रवृत्ति बढेको गुनासोबाट मुक्त हुन नसकेको शिक्षक सेवा आयोगले योपटक काँपी जाँच गर्ने विज्ञहरुमा हेरफेर गरेको छ ।

‘परीक्षाको कापी निश्पक्ष जाँच हुँदैन’ भन्ने आरोपसमेत खेपिरहेको आयोगले योपटक भने आफू चोखिने बाटो तय गर्दै कापी जाँचमा शिक्षा मन्त्रालयका उपसचिव, शिक्षाका निकायका अन्य व्यक्तिहरुलाई पनि कापी जाँचमा रोक लगाएको छ । त्यसको विकल्पमा आयोगले विश्वविद्यालयका प्राध्यापक, उपप्राध्यापक र सेवानिवृत्त शिक्षकलाई कापी जाँचको जिम्मा दिएको छ ।

‘परीक्षाको उत्तर पुस्तिका जाँचमा सहभागी भएका व्यक्ति नै शिक्षक परीक्षाको तयारी कक्षामा सहभागी भएपछि उनीहरुलाई योपटक कापी जाँचमा रोक लगाइएको छ ।’ आयोग अध्यक्ष ताना गौतमले भने ।

यो पढ्नु भो त? https://nuwagi.com/?p=795

आयोगले गत असारमा लिएको अस्थायी शिक्षकको परीक्षाको कापी जाँचको थालनी प्राथमिक तहका शिक्षकहरुको उत्तरपुस्तिका जाँचबाट सुरु गरेको जनाएको छ । यो तहको कापी जाँच्न आयोगले २० जनाको विज्ञलाई जिम्मा दिएको छ ।

गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षामा प्राथमिक तहमा आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए ।

:4161 Views

Leave a Reply