केवल—जय—भगवती छात्रवृत्ति वितरण

????????????????????????????????????

काठमाडौं । दक्षिणकाली नगरपालिका क्षेत्रका विभिन्न विद्यालयबाट २०७४ सालको माद्यमिक शिक्षा परिक्षा (एसइइ) मा उत्कृष्ट अंक हासिल गरेका विद्यार्थीलाई हात्तिवन सामाजिक सेवा केन्द्रले नगदसहित सम्मान गरेको छ ।
हात्तिवन सामाजिक सेवा केन्द्रको सहयोगमा केवल—जय—भवगती कोषले विभिन्न विद्यालयका २८ विद्यार्थीलाई छात्रवृत्ति दिनुका साथै दक्षिणकाली नगर क्षेत्रका सामुदायिक, संस्थागत तथा निजी विद्यालयबाट उत्कृष्ट ५ विद्यार्थी समेतलाई नगद तथा सम्मानपत्र दिएर सम्मान गरेको हो । केन्द्रले विगत ८ वर्षदेखि फर्पिङ क्षेत्रलाई आधार मानेर उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै आएको छ ।
सम्मानित हुने ५ जना विद्यार्थीहरुमा दक्षिणकाली क्षेत्रबाट एसईई परिक्षामा जिपिए ४ हासिल गरेका ग्रीनहिल स्कुलका नवदिपसिंह बस्नेत सहित उत्कृष्ट अंक हासिल गरेका संस्थागततर्फ त्रिभुवन आदर्श माविका रितिका मानन्धर तथा सामुदायिक विद्यालयतर्फबाट शिखरापुर सामुदायिक विद्यालयका प्रनिता श्रेष्ठ, खोकना जन माविका दीक्षा केसी र अरुणोदय माविका सुसन लामालाई सम्मान गरेको थियो ।
केन्द्रले सेतीदेवी मावि सोखेल, खोकना जन मावि, कामधेनु मावि, त्रिभुवन आदर्श मावि, फर्पिङ मावि, पञ्चकन्या मावि, श्रीकृष्ण मावि, सेतीदेवी मावि टल्कु गरी ८ वटा विद्यालयका विद्यार्थीलाई केवल—जय—भवगती पनि छात्रवृत्ति वितरण गरेको छ ।
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्य तथा केन्द्रका अध्यक्ष प्रमी श्रेष्ठको अध्यक्षतामा विद्यार्थीलाई सम्मान गरिएको थियोे । यसअघि नगरप्रमुख बस्नेतले पुरस्कारका संस्थापक अमृतमान पृथ्वी कुमारी श्रेष्ठको फोटोमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष रामकुमार बस्नेतले केवल—जय—भगवती पुरस्कारको स्थापना तथा फर्पिङमा हात्तिवन सामाजिक सेवा केन्द्रको स्थापना तथा केन्द्रको स्थापनाकालदेखि हालसम्म सामाजिक, शिक्षा तथा भौतिक विकासमा पुर्याएको योगदानबारे प्रकाश पारे ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङले हात्तिवन सामाजिक सेवा केन्द्रको फर्पिङ समुदायप्रतिको माया, सद्भाव र सम्पूर्ण सामाजिक कार्यका लागि धन्यवाद दिए ।
मन्तव्यकै क्रममा पाल्पा तानसेनका लेखक तथा विश्लेषक नवीन श्रेष्ठ, डा.पुष्पा श्रेष्ठ, शिखरापुर सामुदायिक क्याम्पसका प्रमुख निरोज श्रेष्ठ ,जननेत्र पुस्तकालयका अध्यक्ष शैलेश मानन्धर, ग्रीनहिल माविका प्रधानाध्यापक पुरुषोत्तम भुर्तेल, फर्पिड माविका प्रअ कृष्णकुमार श्रेष्ठ, टौदह राष्टिय माविका प्रधानाध्यापक शोवितराम कार्कीलगायतले विद्यार्थीहरुलाई शुभकामना तथा केन्द्रले सामाजिक तथा शिक्षा क्षेत्रले पुरयाएको योगदानको प्रशंसा गरेका थिए भने सम्मानित विद्यार्थीहरुले आफ्ना पढाईका बारेमा बताएका थिए ।
कार्यक्रमका सभापति प्रमी श्रेष्ठले केवल—जय—भगवती छात्रवृत्ति तथा पुरस्कार कोष र हात्तिवन सामाजिक सेवा केन्द्रको गतिविधिका बारेमा प्रष्ट पारेका थिए । केन्द्रका सचिव पदमराम थापाले सञ्चालन गरेको सो कार्यक्रममा केन्द्रका कोषाध्यक्ष जयशंकर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अघिल्ला वर्षका कार्यक्रमहरुको फोटो प्रदर्शनी गरिएको थियो ।

:1455 Views

Leave a Reply