ग्ल्याडस्टोनमा जुनियर गायन प्रतियोगिता

मध्यपुरथिमी, भाद्र ४ मध्यपुर थिमी मिलरोड ८ भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले जुनियर गायन प्रतियोगिता सम्पन्न गर्यो ।विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्मका ५६ जना विद्यार्थीले सहभागिता जनाए थिए ।
विद्यालयका संगीत गुरु यज्ञ राइको संयोजकत्वमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न नेपाली सुमधुर गीतहरू गाएर विद्यालयलाई संगीतमय बनाए। संगीत गुरु यज्ञ राई र शिक्षक दयाराम खत्रीको निर्णायक भूमिका रहेको
प्रतियोगितामा सहभागी विद्यार्थीहरु मध्ये कक्षा ५ मा अध्ययनरत छात्र सलिस गुभाजु पहिलो,कक्षा ४ मा अध्ययनरत छात्रा इन्दु बस्नेत दोश्रो कक्षा ५ मा अध्ययनरत छात्रा प्रशंसा अवाल तेस्रो तथा कक्षा २ मा अध्ययनरत छात्र डेनिस लामा सान्त्वना हुन सफल भए ।
विजयी विद्यार्थीलाई पुरस्कार स्वरुप शिल्ड तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालयका सहायक प्रधानाध्यापक विनोद भट्टराई ले विद्यालयमा संगीतको महत्त्व बारेमा प्रकाश पार्नु भयो ।
सम्बन्धित अभिलेखहरू
कोभिद्को कोप
घरमै गर्न सकिन्छ मन्टेश्वरी पढाइको सिकाई (भिडियो)
संशय
कोरोना
लक डाउनको बेला आफ्नो सन्तानको हेरचाह कसरी गर्ने? यसो भन्छन् मनोविद्
HOW TO CHOOSE A RIGHT SCHOOL FOR YOUR CHILD
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव