विनायकमा एसक्युसी पाठ्यक्रम शुरूवात

मध्यपुर ठिमी, मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुलमा शैक्षिक सत्र २०७५ सालदेखि एसक्युसीको नयाँ पाठ्यत्रmम शुरू भएको छ । “आजको आवश्यकता, स्मार्ट एण्ड क्वालिटी स्टुडेन्ट” को अवधारणा अनुसार सो पाठ्यक्रम लागु भएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी दिए । विशेष गरेर कक्षा ६ देखि लागु हुने सो पाठ्यक्रम अनुसार पठन–पाठन गर्दा विद्यार्थीहरूले समूहमा कसरी कार्य गर्ने, के कस्ता उपकरणहरु र विधिहरू प्रयोग गर्ने र विद्यार्थीहरूलाई कसरी गुणस्तरीय जीवन जिउन सिकाउने भन्ने विषयमा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले अभिभावकहरूलाई जानकारी गराएका थिए । कार्यक्रमममा एसक्युसइ नेपालका नवनिर्वाचित अध्यक्ष तथा प्रमुख अतिथि राजकुमार महर्जनले एसक्युसीको महत्व, यसले विद्यार्थीहरूलाई कसरी सक्रिय बनाउँछ र भोलिका विश्व नागरिक बन्न एसक्युसीले के–कसरी प्रभाव पार्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

 

:1050 Views

Leave a Reply