विद्यार्थीको पत्र : मलाई विद्यालयबाट रेष्टिकेट गराइ दिनुहुन हार्दिक अनुरोध गर्दछु

हरिसुन्दर छुकां/ भक्तपुर ६ भदौ ।
महोदय,
‘आजदेखि म विद्यालयमा म भनी भवबाट विद्यालयमा म धेरै जसो विद्यालयमा उपस्तिीति हुन पाइन अब मलाई विद्यालयबाट रेष्टीगेट गराइ दिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ म्याग्दीको बेनी नगरपालिका ७ अर्थुङ्गेस्थित जमुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने पूजा खत्रीले लेखेको पत्रको भाग हो, माथिको वाक्य ।

‘घरमा खानी खर्च न त लेख्ने, पढ्ने कापी कलम नभएकाले हो सर म बाध्यताले विद्यालयमा आउन सकिन मलाई पढाइदिने कोही छैनन् ।’ सोही कारण विद्यालयलाई उनले भनेकी छन्, ‘ अब मलाई विद्यालयबाट रेष्टीगेट गराइ दिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

आफूलाई पढ्ने मन हुँदाहुँदै घरको आर्थिक अवस्था निक्कै कमजोर भएकाले अध्ययनलाई निरन्तरता दिन नसक्ने भएको जानकारी लिखित रुपमै पत्रबाट दिएकी उनले पत्रमा आफ्नो बाध्यता यसरी पोखेकी छन्,
जानकारी
‘घरमा खानी खर्च न त लेख्ने, पढ्ने कापी कलम नभएकाले हो सर म बाध्यताले विद्यालयमा आउन सकिन मलाई पढाइदिने कोही छैनन् ।’
सोही कारण विद्यालयलाई उनले भनेकी छन्, ‘ अब मलाई विद्यालयबाट रेष्टीगेट गराइ दिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

बेनी नगरपालिका वडा नं. ६ फोओठे घर भएकी पूजाले आफ्ना समस्या देखाउँदै विद्यालयलाई भदौको १ गते पत्र लेखेकी हुन् । पत्रमा उनले विद्यालयमा भर्ना भएर पनि कापी कलम किन्ने पैसा नभएको र आफूलाई पढाइदिने कोही पनि नभएको उल्लेख गरेकी छन् ।
विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाका अनुसार पूजामा विद्यालय पढ्ने तीव्र इच्छा रहे पनि आर्थिक अवस्था दयनीय भएकै कारण उनले अध्ययनलाई बीचैमा रोकिदिन भन्दै पत्र लेखेकी हुन् ।

के भन्छन् विद्यालयका प्रअ सोमनाथ ढुंगाना पत्र पाएपछि…

रजिष्टर हेर्दा उनको एब्सेन्ट बढी देखियो । बढी देखिएपछि उनलाई हामीले घरमा खबर पठायौं । पढ्न आउनुपर्यो, किन धेरै एब्सेन्ड भयौ भनेर खबर पठाएपछि उनले पत्रमै मेरो केही पनि छैन, मपढ्न आउन सक्तिँन, मलाई स्कुलबाट ननिकाल्नु होला भन्ने पत्र पठायो । त्यो पत्र आएपछि हामीले पुनः तिमी आउनु, हामीले केही सहयोगहरु गरौंला, परीक्षा दिनुपर्यो भनेर भन्यौं । उनी आएर परीक्षा दिइरहेकी छन् ।

‘विद्यालयको नाममा पत्र लेखेपछि मैले नगरपालिका, त्यसपछि स्थानीय मिडियाहरुमा मैले दिएँ, उनको अवस्थाबारेमा मैले जानकारी गराएँ । उनको साथीहरुमार्फत् पत्र पठाएको हो । उनकै कक्षाका साथीहरुमार्फत् उनका साथीहरुले त्यो पत्र कक्षा शिक्षकलाई दिए, कक्षा शिक्षकले मलाई दिनुभएको हो ।
पत्र पाउने बित्तिक्कै मलाई निक्कै नरमाइलो लाग्यो । उनी लामो समयदेखि बीचबीचमा विद्यालयमा अनियमित हुने गर्दथे । हाम्रो त्रैमासिक परीक्षा हिजो(भदौ ५) गतेदेखि सञ्चालन भएको थियो । परीक्षा सञ्चालन भएपछि को विद्यार्थी आएन भन्ने खोजी गर्दा उनको अनुपस्थिति देखियो । रजिष्टर हेर्दा उनको एब्सेन्ट बढी देखियो । बढी देखिएपछि उनलाई हामीले घरमा खबर पठायौं । पढ्न आउनुपर्यो, किन धेरै एब्सेन्ड भयौ भनेर खबर पठाएपछि उनले पत्रमै मेरो केही पनि छैन, मपढ्न आउन सक्तिँन, मलाई स्कुलबाट ननिकाल्नु होला भन्ने पत्र पठायो । त्यो पत्र आएपछि हामीले पुनः तिमी आउनु, हामीले केही सहयोगहरु गरौंला, परीक्षा दिनुपर्यो भनेर भन्यौं । उनी आएर परीक्षा दिइरहेकी छन् ।
उनलाई सहयोग गर्ने आश्वासन दिएर परीक्षा दिन लगाइरहेका छौं ।
मैले त्यो विद्यार्थीको विषयमा कुराकानी गर्न उनका बाबुलाई पनि बोलाएको छु तर अहिलेसम्म उनका बुवा स्कुलमा आएको छैन ।
त्यो नानीको पृष्ठभूमि चाहिँ कस्तो छ भने, उनका हजुरबुवा पहिलो किसान, जागिर केही छैन, नियमित आयस्रोत केही छैन । अपांग हुनुहुन्छ । वृद्ध हुनुहुन्छ, राम्ररी हिँड्न सक्नुहुन्न । उहाँको नातिनी हुन् उनी । उहाँको छोरा , ललितबहादुर खत्री भन्ने । उसको श्रीमति र यो नानीसहित अरु तीन बच्चाहरु छन् । यो जेठी छोरी, अनि माहिली पनि छोरी र अर्को पनि छोरी । तीनवटा छोरी र एउटा छोरा छ । ऊ चाहिँ अलि बढी रक्सी खाने, काम नगर्ने, त्यो भएको हुनाले आमाले पनि अर्काको घरमा काम गर्ने रहिछन् । फेरि आमालाई पनि कुटपिट गर्ने, राम्र्रो व्यवहार, हेरचाह नगर्ने गरेपछि आमा चाहिँ अन्तै बिहे गरेर गएकी रहिछन् ।
ती बच्चाहरुलाई हजुरबुवाले वृद्धभत्ता ल्याएर हेरिरहेका छन् । यहाँ नजिकै गलेश्वर धाम छ, गलेश्वर क्षेत्र विकासतिर जाने, माग्ने र ल्याउने गरी ख्वाउने गरेका छन्, हजुरबुवाले । यसको माहिली बहिनी पनि काठमाडौंतिर छ भन्ने थाहा भएको छ । उनको बुवा चाहिँ म्याग्दीको दम्बरा भन्ने ठाउँमा एक फर्निचरमा काम गर्छ भन्ने कुरा थाहा भएको छ । घरमा आउँछन् कि आउँदैन ? भनेर सोध्दा, घरमा त आउने तर घर चलाउन केही खर्च नदिने गरेको बताएकी छन् ।
बुबाले, सरहरुलाई पनि नभन्नु, गाली गर्छन्, आएपछि तँ पढ्न छोड्, ब्या गरेर जा भनेर बाबाले गाली गर्नुहुन्छ, घरमा खानेकुरा छैन भनेर बताएकी छन् ।
स्कुलले पहिला नै आउने नियमित छात्रवृत्ति दिने निर्णय भइसकेको हो, अहिले फेरि हामी शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिबाट पनि अलिकति कापी किनेर दियौं, परीक्षा तयारीका लागि । उनका लागि आवश्यक युनिफर्मको बन्दोबस्तका लागि सरहरुले पनि सहयोग गर्ने भएका छन् । उनलाई मात्र नभएर उनका भाइ र बहिनीलाई पनि सहयोग गर्ने भएका छौं । खाजाको प्रबन्धका लागि पनि हामीले योगदान गर्ने सोच बनाएका छौं ।
मुख्य समस्या घरको हो, आमा नहुने, बाबु अलिकति रक्सी खाएर आउने, घरमा छोराछोरीको वास्ता नगर्ने, हजुर बाबु अपांग पनि, वृद्ध पनि । एउटा सानो घर, छाप्रो छ । खेतीबारी पनि छैन । यो भन्दाअघि बेनीबजारको एक स्कुलमा पढ्थिन् । त्यहाँको बजारको एक होटलमा काम गरेर पढ्ने गरेकी रहिछन् । त्यहाँ पनि उनका बाबु गएर जसले संरक्षण दिएको थियो, पढाएको थियो, तिनीहरुसँग झगडा गर्ने, मेरो छोरीलाई म आफै पाल्छु भन्ने, मेरो छोरीलाई तिमीहरुले काम गराएका छौं, मलाई पैसा चाहिन्छ भनेर किचकिच गर्ने, धम्क्याउने गरेपछि उनले त्यहाँ छोडेर यता आएकी हुन् ।

:3537 Views

Leave a Reply