काव्यका स्काउटलाई आपत्कालिन तालीम

काठमाण्डौ । काव्य स्कुलमा गठन गरिएको काव्य स्काउट ट्रुपका १५० स्काउटलाई आपत्कालिन व्यवहारिक तालीम दिइएको छ ।
योंग हार्ट ओपन स्काउट क्रयु कुमारीगालका संस्थापक अध्यक्ष एवम् सिन्धुपाल्चोक जिल्ला स्काउटका जिल्ला आयुक्त देवदूत अधिकारीको संयोजकत्वमा सम्पन्न सो तालीममा योंग हार्ट ओपन स्काउट क्रयुका स्काउटर तथा युवा (रोभर/रेन्जर) स्काउटले आपत्कालिन अवस्थामा उद्धार तथा प्राथमिक उपचारका बारेमा प्रशिक्षण दिएका थिए ।
नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य समेत रहेका स्काउट गुरु अधिकारीका अनुसार ६,७ र ८ कक्षाका सबै स्काउटलाई आपत्कालिन तालीममा विरामी बोक्नका लागि स्ट्रेचर बनाउने तरिका, घाइतेलाई मल्हमपट्टी गर्ने तरीकाको साथै क्लाइम्बिंग र डोरी बान्ने कला पनि सिकाइएको थियो ।
सो तालीममा काव्य स्कुलका संस्थापक निर्देशक एवम् स्काउट गुरु रिजन खड्का, स्काउट गुरु देवदूत अधिकारी, योंग हार्ट ओपन स्काउट क्रयुका अर्का स्काउटर अनुज थापा तथा रोभर÷ रेन्जरले ती स्काउटलाई व्यवहारिक तालीम दिएका थिए ।
सम्बन्धित अभिलेखहरू
कोभिद्को कोप
घरमै गर्न सकिन्छ मन्टेश्वरी पढाइको सिकाई (भिडियो)
संशय
कोरोना
लक डाउनको बेला आफ्नो सन्तानको हेरचाह कसरी गर्ने? यसो भन्छन् मनोविद्
HOW TO CHOOSE A RIGHT SCHOOL FOR YOUR CHILD
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव