स्पेलिङ कन्टेस्टमा मनकामना, जेम्स र विद्या संस्कारलाई सफलता

भक्तपुर । एभरेष्ट इंगलिश स्कुल भक्तपुरको आयोजनामा भएको सातौं एभरेष्ट इन्टर स्कुल स्पेलिङ कन्टेस्टमा मनकामना इगलिश स्कुल कमलविनायक भक्तपुर प्रथम भएको छ ।
प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार हायर सेकेण्डरी स्कुल नयाँं वानेश्वर काठमाडौं तृतीय भए ।
बिहीबार भएको फाइनल प्रतियोगिताका विजयीहरुलाई विहीबार नै टफी, मेडल र प्रमाणपत्र वितरण गरियो । शिक्षा विकास तथा समन्वय एकाई (पहिलाको जिल्ला शिक्षा कार्यालय) भक्तपुरका प्रमुख हरिप्रसाद दाहालले विजयी स्कुल तथा विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य, श्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीलगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई दिएका थिए । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न सामुदायिक तथा निजी तथा आवासीय गरी ११ स्कुलका विद्यार्थी प्रतिस्पर्धी रहेका थिए ।
:850 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव