शिक्षकले अन्तर्वार्तामा अनुभवको अंक पाउने

प्रश्न : म राहत निमावि अनुदान कोटा अन्तर्गत तृतीय श्रेणीमा विगत १० वर्षदेखि कार्यरत विज्ञान शिक्षक हुँ । मैले शिक्षक सेवा आयोगको निमावि तहको विज्ञानको ठाउँमा सामािजक विषयको लिखित परीक्षा पास गरेँ भने, प्रत्येक वर्षको १ नम्बरको दरले पाउन १० अंक पाउँछु कि पाउँदिनँ ?
– राजकुमार कार्की, गणेश मावि, शिखरपुर काभ्रे

जवाफ : शिक्षा सेवा आयोग नियमावली २०५७ को नियम २२ मा अनुभवका निम्ति सम्बन्धित तहको अस्थायी वा राहत अनुदान कोटा अन्तर्गत शिक्षकको रुपमा काम गरेबापत प्रत्येक वर्षको एक नम्बरको दरले बढीमा १२ अंक दिने व्यवस्था छ छ । निममा यस्तो अंक पाउन विषयको उल्लेख नगरी तहको मात्र प्रावधान राखिएको छ । तसर्थ, विषय फरक भए पनि सम्बन्धित तहमा कार्यरत शिक्षकले लिखित परीक्षा पास गरेपछि अन्तरवार्तामा जाँदा अनुभव बापतको अंक पाउँछन् । त्यसअनुसार तपाइँले पनि पाउनुहुन्छ ।

– युद्धबहादुर सुवेदी, शाखा अधिकृत, शिक्षक सेवा आयोग

शिक्षक मासिकको भदौ अंक २०७५ बाट ।

:3388 Views

One thought on "शिक्षकले अन्तर्वार्तामा अनुभवको अंक पाउने"

  1. hemant dhungana says:

    बिगत मा भएको आन्तरिक परिक्षा मा चाइ अनुभब को नम्बर पाउछ कि नाइ?

Leave a Reply