विनायकमा शुभकामना तथा बधाई कार्यक्रम

मध्यपुर थिमी । विनायक शिक्षा निकेतन इंग्लिस सेकेण्डरी स्कूल मध्यपुर थिमिले एस.ई.ई. – २०७४ मा उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना तथा बधाई कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । एस.ई.ई.–२०७४ मा यस विद्यालयबाट ७३ जना विद्यार्थीहरु मध्ये ३.९५ जिपिए सहित २७ जना A+ २६ जनाले A १६ जना B+ ४ जना B ग्रेडमा विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएको प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा, अभिभावक अतिथि ज्ञानराम श्रेष्ठ, सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, कक्षा १० का विद्यार्थीहरु रोजा श्रेष्ठ, श्रद्धा प्रजापतिले पनि आ–आफ्नो शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको सभापतित्व विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले गरेका थिए । कार्यक्रममा कक्षा १० का विद्यार्थीले विभिन्न साँस्कृतिक नृत्य र गीतहरु प्रस्तुत गरिएका थिए ।
सम्बन्धित अभिलेखहरू
कोभिद्को कोप
घरमै गर्न सकिन्छ मन्टेश्वरी पढाइको सिकाई (भिडियो)
संशय
कोरोना
लक डाउनको बेला आफ्नो सन्तानको हेरचाह कसरी गर्ने? यसो भन्छन् मनोविद्
HOW TO CHOOSE A RIGHT SCHOOL FOR YOUR CHILD
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव