आत्मशुद्धीकरणको पर्व: जनै पूर्णे

जनैपूर्णे पर्वलाई तीन दृष्टिकोणले विवेचना गर्न सकिन्छ । पहिलो दृष्टिकोण, सांस्कृतिक । दोस्रो, पौष्टिक परिकारको । तेस्रो, सामाजिक रीति/प्रथा, विधि । सांस्कृतिक दृष्टिले जनैपूर्णे संस्कारयुक्त डोरो लाउने पर्व । संस्कारगत रूपमा विवेचना गर्दा यो एक मौसमी पर्व हो । प्रत्येक पर्व, चाड र सांस्कृतिक अवसरहरू मौसमअनुरूप मनाइएका हुन्छन् । जनै पूर्णे ऋषितर्पणीका दिन पर्छ । ऋषितर्पणी भन्नु आदिम ऋषि मुनिहरूले आफ्ना ब्रम्हज्ञान अनुसार विवेचना गरी प्रतिपादन गरे/गराइएको संस्कार हुन् । संस्कार पद्धतिमूलक हुन्छन् । पद्धति परिवेश, समय, स्थितिअनुरूप चले÷चलाइएका हुन्छन् । पद्धतिले संस्कार परिपालन गर्ने तरिका, मौसमी समय अनि आवश्यक वस्तु–भाव आदिका संयोजनमा सहभागी समाज र पात्रहरू निर्धारण गर्दछ, गरेका हुन्छन् । तिनै समसामयिक परिवेशले जनैपूर्णेका दिन निर्धारण गरेको छ । संस्कार र संस्कृतिको दृष्टिकोणले जनैपूर्णे एक प्रकारको यज्ञ + उपवित = यज्ञोपविद धारण÷लगाउने पर्व दिन रहेको छ । जनैको सांस्कृतिक नाम यज्ञोपवित रहेको छ । यज्ञ + उपवितको सारांश यज्ञ गरेर/पुरश्चरण पूरा गरी लगाउने जनै नै हो । पुरश्चरण गर्नुको सरल अर्थ शुद्धीकरण गर्ने प्रविधि हुन आउँछ । यसरी शुद्धाशुद्धी गरेर जनै लगाउनुको अर्थ चेतनालाई विशुद्धिकरण गर्नु हुन आउ“छ । यस दिनलाई आत्मशुद्धीकरणका पर्वदिन भन्नुमा अत्युक्ति परोइन । आत्मशुद्धीको आवश्यकता मौसमी कार्यकै कारण जुटे, जुटाइएका छन् । मुख्यवाली धानखेती/रोपाइ सकिएर शरीरलाई थकान र अस्वस्थ अवस्था पार गर्न मान्त्रिक र तान्त्रिक पद्धति अनुसार लगाइने सुदृढीकरण साधन जनै हुन आउँछ । जनैलाई सांस्कृतिक तवरले मन दरो पार्ने डोरो भने हुन्छ । सांस्कृतिक तत्व, शरीर स्वस्थ राख्ने एक संस्कारको परिकार र प्रकार बनेको छ । सांस्कृतिक संस्कारसित सटेका यी अर्थव्यञ्जन विश्लेष्य छ ।


पौष्टिक परिकारका रूपमा त्यस दिन घरघरमा क्वाति (क्वाँटी होइन) पकाइन्छन् र सेवन गरिन्छन् । क्वाति शब्द नेपाल भाषाका हुन् । क्वा भनेको तातो परिकार र ति भनेको रस हुन्छ । क्वाति अर्थात् तातो रस । क्वातिमा नौ प्रकारका गेडागुडी मिसाइएका हुन्छन् । नौ किसिमका गेडागुडी मिसाइएकै कारण क्वा . परिकार हुन गएको छ । मास, मुगी, साना ठूला (मटर) केराउ, बोडी, सिमी, मस्याङ्, भटमास, बकुला आदि मिसाएर सय डिग्री तापक्रममा निरन्तर घण्टौं उमाली पकाउँदा क्वाति पाच्य पौष्टिक आहारमा परिणत हुन पुग्छ । पूरापूर पकाएर पाच्य बनाइएका ती अत्यन्त बलशाली क्वाति पौष्टिक आहार/परिकारमा रूपान्तरित बन्छ । पुरश्चरण विधि यहा“ पनि संस्कार युक्त सांस्कृतिक परिकारमा परिणत हुन पुग्छ । रोपाइपछि यस्ता परिकार सेवन गर्दा खेतको हिलो, बर्षादको पानी, साँझ बिहानको घाम पसिना भिजाइहरूबाट शरीर र चेतलाई मुक्त पार्न क्वाति नामक परिकारले सांस्कृतिक लेपन गर्दो हुन्छ । संस्कार र संस्कृतिलाई गौण रूपमा विश्लेषण गर्दा हामी अन्धविश्वास शब्द र धारणाबाट मुक्ति पाउन थाल्छौँ । नेपाल र नेपाली संस्कार र संस्कृतिलाई उन्मुक्त पार्न पराई धारणाले थिचिएका धारणाबाट विमुक्ति दिन हाम्रा पाठ्यक्रममा सांस्कृतिक शिक्षण–सिकाइ र सिकलाई (सिकिलिने) को अपरिहार्य आवश्यकता छ । सरोकारीहरूका सोच यसतिर भए कल्याण हुनेछ ।

पौष्टिक परिकारका रूपमा त्यस दिन घरघरमा क्वाति (क्वाँटी होइन) पकाइन्छन् र सेवन गरिन्छन् । क्वाति शब्द नेपाल भाषाका हुन् । क्वा भनेको तातो परिकार र ति भनेको रस हुन्छ । क्वाति अर्थात् तातो रस । क्वातिमा नौ प्रकारका गेडागुडी मिसाइएका हुन्छन् । नौ किसिमका गेडागुडी मिसाइएकै कारण क्वा . परिकार हुन गएको छ । मास, मुगी, साना ठूला (मटर) केराउ, बोडी, सिमी, मस्याङ्, भटमास, बकुला आदि मिसाएर सय डिग्री तापक्रममा निरन्तर घण्टौं उमाली पकाउँदा क्वाति पाच्य पौष्टिक आहारमा परिणत हुन पुग्छ ।

सामाजिक रीति, प्रथाको दृष्टिले जनै÷रक्षाबन्धन÷यज्ञोपवित जेसुकै भनौँ यो एक प्रकारको प्रचलन हो । प्रचलन भन्नु संस्कारयुक्त तवरले पालना भए गरिएका प्रथा हो । त्यही प्रथा युगौं परिपालन गर्दा परम्परा बन्न पुग्छ । पुस्तौं पुस्ताव्यापी प्रचलन हाम्रा परम्परा बनेका छन् । परम्पराभित्रका पारखी कुरोको चुरो भेट्टाउन नसक्दा संस्कारगत परम्परा अन्धविश्वासमा परिणत हुन पुग्छ । संस्कारगत परम्परालाई अन्धविश्वासमा बदल्ने काम हामी आफै अन्धविश्वासी बनेर गरिरहेका छौँ झैं लाग्छ । सामाजिक रीति, प्रथाको मर्म समाजलाई ऐक्यबद्ध पार्नमा जरा लिएको हुन्छ । समाजलाई ऐक्यबद्ध बन्न संस्कारले खेलेको सांस्कृतिक भूमिकाको व्याख्या विश्लेषण हुनु जरुरी छ । संस्कारगत प्रथाको विश्लेषण हुन नसक्दा समाज विथोलिन पुग्छ । समाजलाई एक सूत्रमा उन्ने प्रथा संस्कार हो । संस्कारविहीन अवस्थाले पराइको आधिपत्य स्वीकार्नु पर्ने बाध्यात्मक परिस्थिति सृजना हुन्छ । त्यस्तो परिस्थिति सृजना हँुदा आत्मदाहको परिस्थिति उपस्थित हुन पुग्छ । सांस्कृतिक क्षाण र मर्यादाहरू बिथोलिएर नेपाल र नेपाली समाजले हीनताबोध गर्न नपरोस् जनैका नौसूत्रीय सन्देश रहेको छ ।
जनैमा मूलतः नौ सूत्र . नौ सूत समाहित भए गरिएका हुन्छन् । प्रत्येक सूत एक एक तत्वलाई प्रतिनिधित्व गर्छन् । पहिलो सूत . ॐकार । दोस्रो . ब्रम्ह । तेस्रो = नाग । चौथो = सोम । पाँचौ =ऋषि । छैठौं = प्रजापति । सातौं = वायु । आठौं = सूर्य । नवौं = सर्व । ती नौ सूतप्रति बिहम्गम् दृष्टि देऔँ । नौ सूतले फरक फरक तत्व बोध गराउँछ । ॐकार सृष्टि, स्थिति र विलयका प्रतीक । ब्रम्ह विवेकको । विवेक भन्नु समग्र ज्ञान विज्ञानकै आमूल अवस्था । नाग पानीको स्रोत प्राणी । सोम अन्धकार मास्ने चन्द्रमा । चन्द्रमा सूर्य किरण आफूमा आत्मसात गरेर पृथ्वीमा प्रक्षेपण गर्ने ग्रह । ऋषि त्याग, तपस्या र कूर्वानको प्रतिमूर्ति । त्याग, तपस्या र कुर्वान आम प्राणीमात्रका हितका लागि । प्रजापति सम्पूर्ण जनता जनार्दनका प्रतिरूप । वायु प्राणी मात्रका श्वास प्रश्वासका आधार । श्वास प्रश्वास जीवनका जीवन्तताकै आधार । सूर्य सौरमण्डलकै केन्द्र तारा । सम्पूर्ण ग्रहगण तिनकै सेरोफेरो परिक्रमा गर्छन् । यिनै आमूल तत्वबोधि ज्ञानलाई समग्रतामा एकाकार गर्ने मर्म बोधि नवौं सूत सर्व सूत्र बनाइएको जनै, यज्ञोपवित, रक्षाबन्धनको सार मर्म रहेको छ । यो जनैपूर्णे पर्वले एक फेरा हामीमा यी तत्ववबोधि ज्ञान जगाई दिऊन् । मंगलकामना सबै–स्वजनहरूमा अभिवादनसहित ।

नुवागी मासिकको २०७५ भदौ अंकबाट साभार

तेजेश्वरबाबु ग्वंगः

:2265 Views

Leave a Reply