स्रोत केन्द्रस्तरीय हाजिरीजवाफको उपाधी फुलब्राइटलाई

भक्तपुर । ३९ औँ शिक्षा दिवसको पूर्व सन्ध्यामा चाँगुनारायण मावि स्रोत केन्द्रद्वारा आयोजना गरिएको स्रोत केन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगितामा फुलब्राइट स्कुलले प्रथम स्थान हासिल गरेको छ ।
चाँगुनारायण स्रोतकेन्द्रमा आबद्ध सरकारी र निजि गरी जम्मा १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको उक्त कार्यक्रमा सबैलाई उछिन्दै फुलब्राइटले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
फुलब्राइटबाट प्रतिनिधित्व गरेर गएका विद्यार्थीहरु रशिका आचार्य, आदेश खनाल र सन्देश बूढाथोकी अब यही भाद्र १८ गते हुने चाँगुनारायण नगरपालिकास्तरीय हजिरीजावाफ प्रतियोगितामा चाँगुनारायण स्रोत केन्द्रको प्रतिनिधित्व गरेर जाने भएका छन् ।
स्रोत व्यक्ति यौवनकुमार राना सहित अन्य विशिष्ट व्यक्तिहरुको पनि सहभागिता रहेको उक्त कार्यक्रममा पुरस्कार वितरण समारोहमा बोल्दै स्रोत व्यक्ति यौवनकुमार रानाले फुलब्राइट स्कुललाई बधाई तथा शुभकामना दिनु हुँदै अब नगरपालिका स्तरीय प्रतियोगिताको उपाधी पनि चाँगुनारायण स्रोत केन्द्रमा नै ल्याउन आग्रह गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
कोभिद्को कोप
घरमै गर्न सकिन्छ मन्टेश्वरी पढाइको सिकाई (भिडियो)
संशय
कोरोना
लक डाउनको बेला आफ्नो सन्तानको हेरचाह कसरी गर्ने? यसो भन्छन् मनोविद्
HOW TO CHOOSE A RIGHT SCHOOL FOR YOUR CHILD
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव