नेक्ससमा बृहत् कलात्मक प्रदर्शनी

काठमाडौ । पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले बृहत् हस्तकला तथा कलात्मक प्रदर्शन आयोजना गरेको छ । विद्यालयको प्राङ्गणमा भएको प्रदर्शनीमा अभिभावक, स्थानीयबासी, विद्यार्थी लगायत २५०० बढीले अवलोकन गरेका थिए । विद्यालयका विद्यार्थीहरुले तयार गरेका ८ सय चित्र तथा हस्तकलाका कलात्मक प्रदर्शनी अवलोकनमा राखिएका थिए ।
विद्यालयका अध्ययनरत विद्यार्थीले गरेका कलात्मक प्रस्तुतीका लागि सबै अभिभावक, स्थानीय लगायतलाई अवलोकनमा एकै स्थानमा सहज होस् भनेर प्रदर्शनी गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कट्वालले जानकारी दिए । अवलोकनमा सहभागीले रुचिपूर्वक प्रदर्शनीको अवलोकन गरेका थिए भने प्रदर्शनमा राखिएका चित्र तथा हस्तकलाबारे जानकारी लिएका थिए ।
सम्बन्धित अभिलेखहरू
कोभिद्को कोप
घरमै गर्न सकिन्छ मन्टेश्वरी पढाइको सिकाई (भिडियो)
संशय
कोरोना
लक डाउनको बेला आफ्नो सन्तानको हेरचाह कसरी गर्ने? यसो भन्छन् मनोविद्
HOW TO CHOOSE A RIGHT SCHOOL FOR YOUR CHILD
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव