दोस्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता हुने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौ (प्याब्सक) ले व्यक्तित्व विकास र गायन प्रतिभालाई अभिवृद्धि गर्ने उद्देश्यले दोस्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता २०७५ गर्ने भएको छ ।
भाद्र २० गते रसियन कल्चर सेन्टर, कमलपोखरीमा विद्यालयबाट छनौट भई आएका विद्यार्थीहरु बीच प्रतिस्पर्धा हुने र यसबाट निर्णयको आधारमा टप २० प्रतिस्पर्धीहरुलाई फाइनल राउन्डमा लगिने कार्यक्रमका संयोजक झवि राईले बताए । एउटा विद्यालयबाट बढीमा २ जना विद्यार्थीहरुलाई सहभागी गराउन पाउने उक्त कार्यक्रममा विद्यालयले भाद्र १५ सम्ममा नाम दर्ता गरिसक्नु पर्ने आयोजकले बताएको छ ।
फाइनलमा उत्कृष्ट हुने १० जना विद्यार्थीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने । प्रथम हुनेलाई नगद रु ७०००, द्धितीयलाई रु. ५००० र तृतीयलाई रु ३००० प्रदान गरिने छ ।
कार्यक्रमको फाइनल असोजमा हुनेछ ।
:1227 Views
सम्बन्धित अभिलेखहरू
कोभिद्को कोप
घरमै गर्न सकिन्छ मन्टेश्वरी पढाइको सिकाई (भिडियो)
संशय
कोरोना
लक डाउनको बेला आफ्नो सन्तानको हेरचाह कसरी गर्ने? यसो भन्छन् मनोविद्
HOW TO CHOOSE A RIGHT SCHOOL FOR YOUR CHILD
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव