‘सर्टिफिकेट माग्दा छक्क पर्छु’ : प्रम ओली

काठमाडौं १२ भदौ । ‘कक्षा आठमात्र पास’ प्रधानमन्त्री भनी आलोचना खेपिरहेका वर्तमान प्रधानमन्त्री खड्गप्रसाद(केपी) ओलीले मंगलबार संसदमा सम्बोधन गरेका छन् ।

प्रतिनीधिसभाको विशेष समयमा सम्बोधनको क्रममा उनले आफूलाई औपचारिक पढाइमा मात्र आठ कक्षामात्र पास गरेर खिसिट्युरी गरिरहेकालाई घुमाउरो पारामा जवाफस्वरुप उनले आफूसँग सर्टिफिकेट खोज्दा आफैं छक्क परेको बताए ।

‘कतिपय साथीहरुले यो सरकार बन्नु अघिदेखि नै अधिनायकवादको बुँख्याचा गाड्दै हिँडनुभयो, गाड्ने ठाउँमा । मैले भन्दै आएको छु, यो लोकतन्त्र हामीलाई कसैले किस्तीमा हालेर दिएको हैन । वर्षौं, दशकौं, बलिदानपूर्ण संघर्ष गरेर, लडेर हामीले नै हाँसिल गरेका हौं । तानाशाही व्यवस्थाको कालकोठरीमा सँगसँगै दिन बिताएका साथीहरुले मात्र हैन, पञ्चायत गएपछि स्कुल अलगअलग हुनेहरुले पनि मेरो पार्टीको नेतृत्वमा रहेको सरकारसँग लोकतन्त्रको सटिफिकेट माग्दा छक्क पर्छु कहिलेकाहिँ ।’

सोही क्रममा उनले कुनै पनि बालबालिकालाई ड्रपआउट हुन नदिने प्रतिवद्धता पनि जनाए । ‘कहिले कहिले हामी सोच्छौं, गरिब देश, अफ्ठ्यारो मौसम, परिस्थिति होला, तर ड्रप आउट भएका छैनन् र हुन दिँदैनौ ।’ उनले भने ।

सम्बोधनका क्रममा व्यक्त शिक्षासम्बन्धीको धारणा :

विद्यालय जाने उमेरका, स्कुल जाने उमेरका बालबालिकाको संख्या शून्यमा झार्ने, अर्को वर्षसम्ममा शून्यमा झार्ने भनेर २०७५ बैशाख १ गतेबाट हामीले गर्यौ ।

पोलिसी डिपार्चरको खोजी गरिरहनुभएका हाम्रा शुभचिन्तकहरुको जिज्ञासाको यो तथ्य आफैमा जवाफ हो भन्ने म ठान्छु ।

म आफैं, हाम्रा मन्त्रीहरु, प्रदेश सरकार र प्रदेश सभाका सांसदहरु, राष्ट्र सवक कर्मचारी, नागरिक समाज लगायत उद्यमी, व्यवसायीहरु यस अभियानमा सामेलमात्र हुनुभएन, हामीमध्ये धेरैले धेरै नै विपन बालबालिकाहरुको अभिभावकत्व ग्रहण पनि गरेका छौं ।

यही विधिमा विद्यालय भर्ना हुन नपाएका ३ लाख १३ हजार २०८ मध्ये २ लाख ५६ हजार पाँचसय ५६ बालबालिकालाई यस साल विद्यालय भर्ना गरिएको छ । जो जान पाएका थिएनन् । अनि यस्ता अभियानको कुनै अर्थ छैन र ?

३ लाख १३ हजार २०८ मध्ये २ लाख ५६ हजार पाँचसय ५६ बालबालिकालाई त हामीले एक अभियानमा भर्ना गरेका छौं । यसको अवश्य महत्व छ । कम्तिमा पनि केही त हुँदैछ भन्ने भावना हुनुपर्ने हो तर प्रधानमन्त्रीले भर्ना गरेको, मन्त्रीले भर्ना गरेको बालबालिका कुन दिन स्कुल गएन भनेर, फलानो दिन त स्कूल गएनन् नि, अभिभावकत्व ग्रहण गरेका बालबालिका स्कुल पुगेन नि भन्ने कतिपयले भन्छ नै । त्यसको कति महत्व छ ।

कहिले कहिले हामी सोच्छौं, गरिब देश, अफ्ठ्यारो मौसम, परिस्थिति होला, तर ड्रप आउट भएका छैनन् र हुन दिँदैनौ ।

स्पष्ट होऔं, ती बालबालिका पुगीसरी परिवारकबाट आएका होइनन्, उनीहरुलाई विद्यालय नजान प्रेरित गर्ने तमाम कारणहरु छन् । सामाजिक कारणहरु ती ज्यूँकात्युँ छन्, परिस्थितिजन्य कारण ज्यूँकात्यूँ छन् । योसँग लडेर उनीहरुलाई विद्यालय पुर्याएका छौं ड्रपआउट हुन दिँदैनौं । यो, मलाई लाग्छ, खिसीट्युरीको विषय हुन सक्तैन ।

:1539 Views

Leave a Reply