बिहीबार र शुक्रबार स्कुल तथा कलेज बन्द

काठमाडौं १२ भदौ । गृह मन्त्रालयले उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको छ ।
बिहीवार र शुक्रबार काठमाडौंमा हुने चौथो बिम्स्टेक शिखर सम्मेलनलाई लक्षित गरी स्कुल तथा कलेजहरु पूर्ण रुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
उनका अनुसार गृह मन्त्रायलमा आज बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो । उनले उक्त दुई दिन अरु सरकारी कार्यालयमा भने बिदा नभएको बताए ।
‘विद्यालयमा दिइने बिदालाई अन्य बिदासँग समायोजन गनै सकिन्छ, अरु कार्यालयहरुमा त्यस्तो हुँदैन’, उनले भने, ‘ त्यहीकारण पनि स्कुल बिदा दिइएको हो, यतिमात्र नभएर सम्मेलन हुँदा जाम हुन्छ, जामका कारण विद्यार्थीलाई प्रेसर हुन्छ ।
त्यस्तै बुधवारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारी जोर बिजोर नम्बरअनुसार संचालन गर्ने निर्णयसमेत गरिएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन ।
:3552 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव