चाणक्यमा अन्तरकृया कार्यक्रम सम्पन्न

विद्यालय प्रशासन र अभिभावकको सहयोग र सहकार्यमा मात्र विद्यार्थीको उज्वल भविष्य निर्धारण गर्न सहज हुन्छ भन्ने अभिप्रायले मध्यपुरथिमीस्थित चाणक्य माध्यमिक विद्यालयमा अभिभावक र शिक्षक बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमबाट विद्यार्थीमा भएका अन्र्तनिहित प्रतिभा, सुधारका पक्षहरूका विषयमा छलफल गरिएको थियो । बालबालिकाहरूलाई अन्तर्राष्ट्रिय बजारमा सक्षम र सबल बनाउन अभिभावक र शिक्षकले कस्तो भूमिका खेल्दा सफल बनाउन सकिन्छ, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि समयसापेक्ष शिक्षाका साथै व्यवहारिक ज्ञानको पनि आवश्यकता पर्दछ र सो ज्ञान कसरी दिन सकिन्छ भन्ने वारेमा छलफल भएको थियो । कार्यक्रममा ९० प्रतिशत अभिभावकहरूको उपस्थिति रहेको थियो ।

:671 Views

Leave a Reply