वागीश्वरी माविलाई रु. दश लाख अनुदान

भक्तपुर । भक्तपुरको च्याम्हासिँहस्थित वागीश्वरी माध्यमिक विद्यालयले रु. दश लाख प्राप्त गरेको छ । जिल्लाका १ सय ३४ सरकारी विद्यालयमध्ये एकहजार बढी विद्यार्थी पढिरहेका विद्यालयको लिस्टमा वागीश्वरी मावि परेपछि विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि भन्दै रु. दश लाख अनुदान दिइएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरका प्रमुख हरिप्रसाद दाहालले विद्यार्थी बढी भएका विद्यालयलाई विद्यालय क्षेत्र विकास योजनाअन्तर्गत रु. १० लाख रकम अनुदान दिने कार्यक्रम अनुसार रकम दिइएको जानकारी दिए ।
‘देशभरका ७७ जिल्लामध्ये भक्तपुरमा पनि एकहजार बढी विद्यार्थी अध्ययन गर्ने विद्यालय रहेको छ । जिल्लाका विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी पनि वागीश्वरीमा रहेको तथ्यांक छ ।’ इकाइ प्रमुख दाहालले भने ।
उनले विद्यार्थी संख्या भएकै आधारमा आर्थिक अनुदान पनि उपलब्ध गराएको बताए ।
वागीश्वरी माविमा अहिले ३ हजार ५ सय ३७ विद्यार्थी अध्ययनरत छन् । साविकको शिक्षा विभाग हुँदै इकाइमार्फत् प्राप्त सो रकमलाई विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने काममा खर्चिने योजना रहेको विद्यालयले जनाएको छ ।
‘विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको शैक्षिक उपलब्धि बढाउने काममा उक्त रकम खर्च गर्ने, खेलकुद सामग्री व्यवस्थापनमा खर्च गर्ने र सूचना प्रविधिको विकासका लागि खर्च गर्ने निर्णय भएको छ, सोही निर्णयअनुसार काम पनि अघि बढिसकेको छ ।’ विद्यालयका सहायक प्रअ ज्ञानसागर प्रजापतिले भने ।
यता साविकको शिक्षा विभागका अनुसार एकहजार बढी विद्यार्थी भएका विद्यालयको संख्या जम्मा ३ सय ८९ छ ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले सो अनुदानले विद्यालयमा प्रयोगशाला र पुस्तकालयको विकासमा लगानी गरिने बताए ।
:2974 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव