नगरपालिकास्तरीय प्रतिभा पहिचान कार्यक्रमको तयारी

भक्तपुर १८ भदौ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यार्थीको सिर्जनशीलता र प्रतिभा पहिचान गर्ने उद्देश्यले सो कार्यक्रम हुने भएको हो ।

‘विद्यालय तहमा अध्ययनरत विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउन र विद्यार्थीबीच एकआपसमा मित्रभाव बढाउनका लागि यो कार्यक्रम गर्न लागेका हौं’, कार्यक्रम आयोजक समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले भने, ‘पहिला स्कुलव्यापी, वडाव्यापी प्रतिस्पर्धामा उत्रिरहेका विद्यार्थी अब नगरपालिकास्तरीय प्रतिस्पर्धामा उत्रिनेछन् ।’

केन्द्रका अनुसार सो स्पर्धा भदौ २३ गते हुनेछ भने आधारभूत तह र माध्यमिक तहका विद्यार्थीबीच भिन्नाभिन्नै स्पर्धा हुनेछ । कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीबीच हस्तलेखन, कक्षा ९ र १० अध्ययनरत विद्यार्थीबीच निबन्ध प्रतियोगिता हुनेछ । त्यस्तै कक्षा १० देखि १२ अध्ययनरत विद्यार्थीबीच भने क्षमता मापन स्पर्धा हुनेछ । त्यसका लागि ती विद्यार्थीलाई सामान्य ज्ञानका एकसय प्रश्न सोधिनेछ ।

हेर्नुहोस् भिडियो :

स्पर्धामा नगरपालिकाभित्रका स्कुलहरुमा अध्ययनरत विद्यार्थी मात्र नभएर सोही नगरपालिकामा बसोबास गरी अन्यत्र पढिरहेका विद्यार्थीहरु समेत सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा सहभागीमध्ये प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । आयोजक केन्द्रले प्रतियोगितामा ५ सय विद्यार्थीभन्दा बढी विद्यार्थीको सहभागिता हुने अनुमान गरेको छ ।

:639 Views

Leave a Reply