मन्त्री बच्चा च्यापेर नाटक गर्छ, माफिया संसद चलाउँछ

काठमाडौ १८ भदौ । संसदमा प्रस्तुत निःशुल्क तथा अनिवार्य शिक्षा विधेयक, २०७५ को सन्दर्भमा भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले विधेयक संविधानविपरीत भएको बताएका छन् ।
संसदमा सोमबारको छलफलको क्रममा विधेयकबारे बोल्ने अधिकांश सांसदहरुले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको विधेयक व्यवहारिक नभएको बताएका छन् । छलफलका क्रममा सांसद अमरेशकुमार सिंहले त शिक्षा मन्त्रालय मात्र नभएर संसद शिक्षामन्त्रीसमेत शिक्षाका माफियाहरुबाट सञ्चालित भएको आरोप लगाए ।
‘बच्चा च्यापेर भर्ना गर्नु नाटक हो । शिक्षा मन्त्रालय शिक्षाका माफियाले चलाउँछ । संसद र शिक्षा मन्त्रालय शैक्षिक माफियाले चलाउँछ ।’ उनले भने ।
उनले मात्र नभएर संसदमा बोल्ने सांसदहरुले शिक्षामा थुप्रै बेथिति रहेको औंल्याए । उनीहरुले शैक्षिक क्षेत्रलाई राजनीति गर्ने थलो बनाएकोले शिक्षामा गुणस्तर आउन नसकेको बताएका थिए ।
सांसद तेजुलाल चौधरी, अञ्जना बिसुंखेले निः शुल्क शिक्षाको परिभाषा खोज्दै कुन तहसम्मलाई आधारभूत मान्ने भन्ने विषयमा स्पष्ट किटान हुनुपर्ने बताए । उनीहरुले देशमा विद्यमान संस्थागत र सामुदायिक विद्यालय गरी दुईखाले शिक्षालाई कसरी व्यवस्थित तवरले अघि लैजाने भन्ने विषयमा स्पट नीति आउन जरुरी रहेको बताए ।
सांसद पदम गिरीले भर्ना शुलक र पाठ्यपुस्तक दिनुलाई निःशुल्क भन्नु गलत भएको बताउँदै उनीहरुलाई टिकाउने योजना पनि माग गरे । उनले प्रस्तुत विधेयकले सरकारले निर्धारण गरेको समाजवादसम्म पुग्न नसकिने बताए । संसदमा बोल्ने क्रम अझ जारी छ ।
:1727 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव