प्याब्सकको दोस्रो एकल आधुनिक गायन प्रतियोगिताको तयारी पूरा

काठमाडौं १८ भदौ / निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को दोस्रो एकल आधुनिक गायन प्रतियोगिताको तयारी पूरा भएको छ ।
विद्यार्थीभित्र रहेका प्रतिभा र सम्भाव्यतालाई पहिचानको अवसर सिर्जना गर्दै औपचारिक शिक्षासँगसँगै उनीहरुमा बहुमुखी प्रतिभा र व्यक्तित्वको विकास गराउनका लागि गत वर्षबाट थालिएको उक्त प्रतियोगिताको दोस्रो संस्करणको तयारी पूरा भएको आयोजक प्याब्सकले जनाएको छ ।
प्याब्सकका अध्यक्ष बालकुमार गुरुङले उक्त प्रतियोगिताका लागि गत भदौ १ गतेदेखि १५ गतेसम्म विद्यालयलाई आन्तरिक अडिसनका लागि समय दिइएको बताउँदै प्रतियोगितामा ५५ विद्यालयहरुको सहभागिता रहेको जानकारी दिए ।
प्रत्येक विद्यालयबाट २ जना विद्यार्थीको सहभागितामा हुने उक्त स्पर्धाअन्तर्गत भदौ २० गते काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मेधा राउण्ड हुनेछ । सो राउण्डबाट छानिएर उत्कृष्ट २० मा पर्न सफल स्पर्धी विद्यार्थीलाई प्रतियोगिताको अन्तिम चरणमा स्पर्धा गराइने छ । उक्त स्पर्धा भने असोज १ गते हुनेछ ।
निजी विद्यालयहरुको हकहित र संरक्षण, विद्यालयहरुको क्षमता अभिवृद्धि र शिक्षक तथा कर्मचारीहरुको सुरक्षाको विषयमा विभिन्न काम गर्दै आइरहेको प्याब्सकको सो प्रतियोगिताबाट उत्कृष्ट १० विद्यार्थीलाई विशेष सम्मान गरिने छ ।
प्रतियोगिताबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्याब्सकका कोषाध्यक्ष राजन श्रेष्ठले स्पर्धामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः रु. ७ हजार, रु. ५ हजार र रु. ३ हजार नगदसहित पुरस्कृत गरिने पनि बताए ।
प्याब्सकमा अहिले ४९ विद्यालय सदस्य छन् ।
:1223 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव