चाणक्यमा पाठ्यक्रम सम्बन्धि १ दिने कार्यशाला गोष्ठी

बदलिंदो परिस्थितीमा विद्यार्थीहरूलाई कसरी पठनपाठन गराउने र राष्ट्रिय पाठ्यक्रमलाई कसरी व्यवस्थित रुपमा प्रयोगमा ल्याइ पठनपाठन गराउने भन्ने हेतुले चाणक्य स्कुलमा आफ्ना शिक्षक कर्मचारीहरूलाई १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठीमा पाठ्यक्रम बिज्ञ दिनानाथ गौतमद्वारा पाठयक्रम, पाठयपुस्तक, प्रश्न निर्माण, उत्तर कुञ्जिका निर्माण जस्ता विषयमा प्रयोगात्मक रुपमा नै शिक्षक कर्मचारीहरूलाई अवगत गराइएको थियो । यस्ता तालिम र कार्यशालाहरू नियमित रुपमा तहगत स्वरुपमा सम्पन्न गर्दै जाने र वर्षको अन्त्यमा विद्यालयले अरू नियमित रुपमा तहगत स्वरुपमा सम्पन्न गर्दै जाने विद्यालयका प्रिन्सिपल गणेशबाबु पोखरेलले जानकारी दिए । वर्षको अन्त्यमा विद्यालयले नियमित रुपमा तहगत स्वरुपमा सम्पन्न गर्दै जाने र वर्षको अन्त्यसम्ममा विद्यालयले अङ्किार गरेको सिकाई उपलब्धिको लक्ष्य पुरा गर्न यस्ता तालिम र कार्यशालाबाट सहयोग पुग्ने विश्वास समेत लिइएको अतिरिक्त क्रियाकलाप प्रमुख प्रभु भक्त श्रेष्ठले बताए ।
:1244 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव