दुना टपरी बनाउँदै मेरिगोल्डका विद्यार्थी

भक्तपुर । बेलायत सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट २०१७—२०२० को लागि इन्टरनेशनल स्कूल एवार्ड (आइएसए) आयोजनाकार्यको छनौटमा परेको बालकोटस्थित मेरिगोल्ड इंगलिस बोर्डिंग स्कुलले विद्यार्थीहरुलाई सालको पातबाट दुना, टपरी र बोताबनाउने व्यबहारिक तालीम सञ्चालन गरेको छ ।
विद्यार्थीलाई आइएसएअन्र्तगतका १५ वटा व्यवहारिक तालीमदिने क्रममापहिलोपटक दुना टपरी बनाउने तालीम दिइएको विद्यालयका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठले बताए ।
ब्रिटिस काउन्सिलले दिएका मापदण्डभित्र रहीकनेक्टिंग क्लास मार्फत विभिन्न १५ वटा आयोजना सञ्चालन गर्नुपर्ने, देशभित्र र विदेशका विद्यालयसँग सम्वन्ध राख्नुपर्ने लगायतका आयोजना कार्य सम्पन्न गरि त्यसमा उतिर्ण भएपछि मात्रै ब्रिटिस काउन्सिलले इन्टरनेशनल स्कूल एवार्ड (आइएसए) प्रदान गर्ने गर्छ ।
आयोजनाको पहिलो कार्य अन्तर्गत विद्यार्थीलाई वातावरणमैत्री खाना खाने प्लेट अर्थात दुना, टपरी र बोता बनाउन सिकाइएको हो । विद्यालयका शिक्षकहरुबाट कक्षा ८ का ६५ विद्यार्थीलाई सालको पातबाट दुना टपरी बनाउन सिकाइएको आईएसए कोअर्डिनेटर शरु भण्डारीले बताइन् । विद्यालयले अर्काे हप्ता नेवारी खाजाबारा (एकप्रकारको रोटी) बनाउन सिकाउने कार्यक्रम राखेको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव