कुन कुन घोषित भए यो वर्षको उत्कृष्ट विद्यालय ?

काठमाडौं २० भदौ । राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०७५ को अवसरमा पुरस्कृत गरिने विद्यालयको नाम सार्वजनिक गरिएको छ ।

सार्वजनिक विद्यालयमध्ये सामुदायिकतर्फ पोखराको अमरसिंह मावि, काठमाडौंको विश्व निकेतन मावि र ललितपुर चापागाउँको बज्रबराही मावि रहेका छन् । तिनीहरु माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने विद्यालयमा परेका छन् ।

यसैगरी संस्थागततर्फ भक्तपुरको एस.ओ.एस. हर्मन माइनर मावि, विराटनगरको एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कुल र ललितपुरको नेशनल सेकेण्डरी स्कुल रहेका छन् ।

यस्तै, पोखराको शितलादेवी सामुदायिक मावि, ललितपुरको त्रिपद्म विद्याश्रम र बुटवलको कालिका मावि पनि उत्कृष्टको सूचीमा परेका छन् ।

ती विद्यालयहरु माध्यमिक शिक्षा परीक्षा कक्षा १० अन्र्तगत राष्ट्रियस्तरमा उत्कृष्ट हुने सामुदायिक विद्यालय भएका छन् । संस्थागतमा पोखराकै मदरल्याण्ड मावि, ललितपुरको जेम्स मावि र काठमाडौं शंखमूलको ज्ञान निकेतन मावि रहेको मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।

 

:1516 Views

Leave a Reply