ईसिडी शिक्षकलाई बहिदारसरहको तलब माग

हरिसुन्दर छुकां/ भक्तपुर, २१ भदौ । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई १२ बुँदे ज्ञापनपत्र बुझाउँदै ईसिडी शिक्षकलाई निजामति कर्मचारीको बहिदारसरहको तलब दिन माग गरिएको छ ।
नेपाल क्रान्तिकारी शिक्षक संघले शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरमार्फत् शिक्षामन्त्री पोखरेसमक्ष उक्त माग गरेको संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले जानकारी दिए ।
उनले विद्यालय शिक्षाभित्र समेटिएको बालविकास केन्द्र र केन्द्रमा आवद्ध सहयोगी कार्यकर्तालाई शिक्षकको मान्यता नदिएकोप्रति ध्यानाकर्षण गराउन शिक्षामन्त्रीसमझ ज्ञापन पत्र बुझाइएको बताए । उनले केन्द्रमा आवद्ध शिक्षकहरुको न्यूनत्तम तलब बहिदारसरह हुनुपर्ने विज्ञप्तिमा उल्लेख भएको जानकारी दिए ।
‘बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुलाई न्यूनत्तम पनि १८ हजार मासिक तलब हुनु जरुरी छ, त्यसले मात्र त्यो तहलाई बलियो बनाउन सकिन्छ ।’ उनले भने ।
शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाज विकासको लागि शिक्षाले आधारको काम गर्ने हुँदा शिक्षा राज्यको दायित्व भएको ज्ञापनपत्रमा उल्लेख छ ।
देशमा आधारभूत शिक्षा निःशुल्क र अनिवार्य भएको र पूर्व प्रावि तह पनि अब विद्यालयको अभिन्न अङ्ग भएको अवस्थामा पूर्व प्रावि तहमा कार्यरत जनशक्तिलाई सहयोगी कार्यकर्ता मात्र भनी शिक्षकको दर्जा पनि नदिइएको भन्ने गुनासो पनि उक्त ज्ञापन पत्रमा गरिएको छ ।
ज्ञापनपत्रमा निम्नानुसारका बुँदाहरू उल्लेख गरिएका छन् :
१. पूर्व प्रावि तह (बाल विकास दरबन्दी) मा काम गर्ने शिक्षकहरूको तलब निजामती सेवाका बहिदारसरह गरियोस् ।
२. पूर्व प्रावि तहमा काम गर्ने शिक्षकहरूको शैक्षिक योग्यता एसईई पूरा भएको गरियोस् ।
३. हाल कार्यरत एसईई अनुत्तीर्ण बाल विकास ‘सहयोगी कार्यकर्ता’ शिक्षकलाई ३ वर्षको मौका दिई एसईई पूरा गर्न अवसर दिइयोस् ।
४. ईसीडीमा कार्यरत शिक्षकहरूलाई विद्यालय समयमा (बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म) विद्यालयमा नै बसी काम गर्न दिइयोस् ।
५. कार्यरत ईसीडीका शिक्षकहरूलाई प्रत्येक वर्ष पुनः ताजगी तालिम दिइयोस् ।
६. विद्यार्थी संख्याअनुसार प्रत्येक १५ जना विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था गरियोस् ।
७. प्रत्येक पूर्व प्रावि तहको लागि कार्यालय सहयोगीस्तरको तलब भत्ता पाउने गरी आयाको व्यवस्था गरियोस् ।
८. बाल मनोविज्ञानअनुसारको शैक्षिक सामग्रीहरूको बन्दोबस्त गरियोस् ।
९. स्थानीय सरकार (मनपा, उमनपा, नपा र गाउँपालिका) र प्रदेश सरकारसमेतलाई शिक्षामा बजेट व्यवस्था गर्न सङ्घीय शिक्षा ऐन र नियमावली तुरून्तै जारी गरियोस् ।
१०. पूर्व प्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गरियोस् ।
११. पूर्व प्रावि तहका शिक्षालाई विद्यालय पोशाक भत्ता र महँगी भत्ताका साथै पेशागत सुनिश्चितता प्रदान गरियोस् ।
१२. यस सङ्घद्वारा तत्कालीन माननीय शिक्षामन्त्री धनीराम पौडेललाई बुझाइएको ज्ञापनप्रति पुनः ध्यान दिइयोस् ।
ज्ञापनपत्र बुझ्दै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख हरिप्रसाद दाहालले ज्ञापनपत्र उल्लिखित बुँदाहरू जाजय भएको भन्दै छिट्टै ज्ञापनपत्र शिक्षामन्त्रीसम्म पु¥याउने वचन दिएका थिए ।
संघले सोही व्यवहोराको ज्ञापनपत्र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिलाई पनि बुझाएका थिए ।
:8570 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव