शिक्षक परीक्षाको केन्द्र निर्धारण, कुन जिल्लाका परीक्षार्थीको परीक्षा केन्द्र कहाँ ?

भक्तपुर २१ भदौ । आगामी असोजमा हुने शिक्षक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

शिक्षक सेवा आयोगले असोजको ११, १२ र १३ गते माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको परीक्षाबाट लिइने खुला प्रतियोगिताको परीक्षा केन्द्र निर्धारण गरेको हो ।

लिखित परीक्षाको लागि विभिन्न जिल्लाबाट दरखास्त फाराम भर्ने उम्मेदवारहरुको परीक्षा केन्द्रको जिल्ला तोकेको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ । केन्द्रले सुरुमा जिल्ला निर्धारण गरिएको र केही समयपछि मात्र जिल्लास्थित केन्द्र सार्वजनिक गर्ने जनाए पनि मिति भने तय गरेको छैन ।

केन्द्रका अनुसार साविकको पूर्वाञ्चल विकास क्षेत्रमा परेको इलामबाट भरेकाको ताप्लेजुङ र पाँचथर, झापाबाट भरेकाको इलाम र मोरङ, मोरङका परीक्षार्थीको झापा, सुनसरीका परीक्षार्थीको धनकुटा र तेह्रथुम, धनकुटाबाट भरेकाको संखुवासभा र भोजपुर, उदयपुुरका परीक्षार्थीको सिराहा र सप्तरी, सिराहाबाट भरेकाको सोलुखुम्बु, खोटाङ र ओखलढुंगा र सप्तरीका परीक्षार्थीको सुनसरी र उदयपुर केन्द्र हुने आयोगले जनाएको छ ।

त्यस्तै मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत सिन्धुलीका परीक्षार्थीले महोत्तरी, धनुषाबाट परीक्षा दिनुपर्ने छ भने धनुषाका परीक्षार्थीले सिन्धुली र सर्लाहीबाट, त्यस्तै काभ्रेका परीक्षार्थीले दोलखा, रामेछाप र भक्तपुर, भक्तपुरका परीक्षार्थीले काभ्रे, मकवानपुरका परीक्षार्थीले पर्सामा गएर परीक्षा दिनुपर्ने भएको छ । चितवनका परीक्षार्थीले भने धादिङ र मकवानपुर, काठमाडौंकाले सिन्धुपाल्चोक, रसुवा र लतिपुर, ललितपुरकाले काठमाडौं, नुवाकोट, पर्साकाले चितवनमा पुगेर परीक्षा दिनुपर्ने गरिएको छ ।

यता पश्चिमाञ्चल विकास क्षेत्रभित्र परेको गोरखाका परीक्षार्थीले मनाङ र तनहुँ, कास्कीका परीक्षाथीले लमजुङ, स्याङ्जा र पर्वत, तनहुँका परीक्षार्थीले गोरखा, स्याङ्जाका परीक्षार्थीले कास्की, नवलपरासीकाले पाल्पा र रुपन्देही, रुपन्देहीकाले नवलपरासी, गुल्मी र कपिलवस्तु, कपिलवस्तुकाले अर्घाखाँची, पर्वतकाले म्याग्दी, मुस्ताङ र वाग्लुङमा गएर परीक्षा दिनुपर्ने गरी परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरिरहेको आयोजले जानकारी दिएको छ ।

मध्यपश्मिाञ्चल विकास क्षेत्रअन्तर्गतको प्युठानका परीक्षार्थीले रोल्पा, दाङका परीक्षार्थीले रुकुम, सल्यान, प्युठान, सुर्खेतका परीक्षार्थीले डोल्पा, हुम्ला, जुम्ला, मुगु, दैलेख, कालिकोट, बाँकेका परीक्षार्थीहरुले सुर्खेत, जाजरकोट, दाङ र बर्दिया, बर्दियाका परीक्षार्थीहरुले बाँकेमा गएर परीक्षा दिनुपर्ने भएको छ ।

सुदूरपश्चिमाञ्चल क्षेत्रमा परेको डोटीका परीक्षार्थीहरुले बाजुरा, अछाममा, डडेल्धुराकाले डोटीमा, कैलालीकाले बझाङ, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कञ्चनपुरकाले दार्चुला र कैलालीमा गएर परीक्षा दिनुपर्ने गरी जिल्ला निर्धारण गरेको छ ।

:1640 Views

Leave a Reply