प्रअलाई तालाचाबी बुझाएर कर्मचारीले ३१ गतेदेखि देशव्यापी आन्दोलन गर्ने

काठमाडौं २२ भदौ । सरकारले सेवा सुविधामा विभेद गरेको जनाउदै देशभरका विद्यालय कर्मचारीले भदौ ३१ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने भएका छन ।
पेशागत हक अधिकार, सेवा, सुविधा र सुरक्षाका लागि विगत ७ वर्षदेखि आफुले राख्दै आएका माग सुनुवाई नभएको जनाउदै विद्यालय कर्मचारीले आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका हुन । बिरोधका लागि विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समिति गठन गरेर १ हप्ता लामो आन्दोलन गरी रिले अनसनदेखी आमरण अनसनसम्म गर्ने जनाएका छन ।
समितिका सहसंयोजक रतन बहादुर सिहले लामो समयसम्म माग पूरा हुने प्रतिक्षामा बसेपनि सरकारले बेवास्ता गरेपछि आन्दोलनका कार्यक्रम सार्वजानिक गर्नु परेको बताए । ‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको भविष्य अन्योल र अनिश्चित हुन नदिन २०६७ साल माघ २३ गते सर्वोच्च अदालतले सेवा सुविधाका लागि ‘सर्भिस ल’ बनाउन पैmलसा र पुर्व आदेशको सरकारले बेवास्ता गरेको छ ।’ समितिका संयोजक सिंहले भने ‘सरकारले शिक्षा ऐन आठौ संशोधनको दफा १६ ठ मा भएको कर्मचारी सम्बन्धी व्यवस्था कार्यन्वयन नगरी श्रम शोषण गरेको बताए । हाल सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी दरबन्दी, समायोजन, पदस्थापन, आन्तरिक प्रतिस्पर्दा, तलबभत्ता, संचयकोष, उपदान, बिमा लगायतका अन्य विभिन्न सेवाबाट बन्चित रहेका छन ।
नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले आपूmहरुले बिगत लामो समयदेखि पटकपटक राखेका माग सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजानिक गर्नु परेको बताए ।
भदौ ३१ बाट चरणबद्ध रुपमा शुरु गरिने आन्दोलनका लागि समितिले सर्वोच्च अदालतको पैmसला बमोजिमको ‘सर्भिस ल’ अभिलम्ब कार्यान्वयन गर्नु पर्ने, शिक्षा ऐन आठौ संशोधनको दफा १६ ठ विद्यालय कर्मचारी सम्बन्धि व्यवस्था लागू गर्ने पर्ने लगायतका ४ वटा मागहरु रहेका छन ।
यसरी नै विद्यालय कर्मचारी संगठन नेपालका अध्यक्ष शंकर प्रसाद ढकालले ३१ गतेदेखी शुरु हुने आन्दोलनमा पहिलो दिन जिल्ला शिक्षा कार्यलय र शिक्षा विकास तथा समन्वय इकाईमा ध्यानाकर्षण गराउने र सोही दिनदेखी असोज १ गतेसम्म कालो पट्टी बाँधी काम गर्ने बिरोधका कार्यक्रम रहेको बताए । यसरी नै असोज २ गते काठमाडौ जाऔं अभियान अन्र्तगत प्रधानाध्यापकलाई विद्यालयको तालाचाबी बुझाई देशै भरीका सबै विद्यालय कर्मचारी रत्नपार्क शान्तिबाटीकामा भेला हुने कार्यक्रम रहेको छ । यसरी नै ३ गते माईतीघर मण्डलामा खाली प्लेट, चम्चा सहित महिला बाहेक अर्धनग्न (गन्जी) लगाएर भेला भई संविधानको धारा १२६ को उपधारा २ जलाउने बिरोधको कार्यक्रम रहेको छ । ४ गते रत्नपार्कमा भेला भई व्यानर, प्लेकार्ड सहित प्रधान्मन्त्री निवास पुगी प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । ५ गते रिले अन्सन शुरु गरी आवश्यकता अनुसार अर्को दिनदेखी ¥याली लगायतका बिरोधका कार्यक्रम गदै आमरण अनसन गर्ने कार्यक्रम रहेको छ ।
आन्दोलित कर्मचारीले कुचिकारदेखी लेखापाल सम्म तह अनुसार मासिक २ हजार, ४ हजार, ४ हजार ५ सय, ७ हजार ५ सय र ११ हजार ५ सय मात्र पाउदै आएका छन ।
:10241 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव