स्कूल स्कूलमा चीनियाँ कला

भक्तपुर, २२ भदौं । चाइना कल्चर सेन्टर नेपालले विद्यालयमा चिनियाँ र नेपाली परम्परागत कला प्रदर्शनी गरेको छ । ‘फ्लावर अफ सिल्क रोड’ नामक परम्परागत कला प्रदर्शनी भक्तपुरको व्यासीस्थित एभरेस्ट इङ्लिश स्कुलमा गरेको हो ।
सो प्रदर्शनी च्याङ लीको नेतृत्वमा भएको हो । सोही कार्यक्रम यसअघि सिद्धार्थ बनस्थली इन्स्टिच्युट र होटल याक एण्ड यतिमा भएको थियो ।
आयो सेन्टरका संचालक इन खुन सोङ्गले एभरेस्ट स्कुल र चाइनिज कल्चर सेन्टरको लामो समयदेखि सम्बन्ध रहेको बताए । कार्यक्रममा चीनका परम्परागत संस्कृति झल्कने नृत्य, गायन, संगीत र मार्सल कला प्रदर्शन गरेका थिए । एभरेस्ट इङ्लिश स्कुलका विद्यार्थीले नेपाली गीतमा नृत्य र नेवारी नृत्य गरेका थिए । विद्यार्थीहरुले चाइनिज भाषामा गीत पनि गाएका थिए ।
चीनका लिउ यनयन, लिउ यिन, लिउ लुलु, च्याङ् हेव, यङ लिन, यङ जेन लगायत अन्यले त्यहाँको संस्कृति झल्कने विभिन्न कला देखाएका थिए । कार्यक्रममा डिप नाइट, द ब्यालेन्स अफ टुइन फोर्स, डबल साउथ बक्सीङ, माई सङ नामक कला प्रदर्शन भएका थिए । गायन र अन्य प्रस्तृतिका भाषा नबुझ्दा पनि विद्यार्थीहरुले कार्यक्रममा आफूहरुलाई रमाइलो लागेको बताए भने एभरेस्ट इङ्लिश स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले चीनियाँ भाषा संसारको पहिलो भाषा भएको बताए । ‘चीनसँग अन्तरसांस्कृतिक सम्बन्धबाट हाम्रो राष्ट्रको पर्यटन र आर्थिक पक्षलाई सुधार गर्न सकिन्छ ।’ उनले चाइनिज भाषाको महत्व बुझेर आफ्नो विद्यालयमा सो भाषाका कक्षा विगत ९ वर्षदेखि सञ्चालनमा ल्याएको जानकारी दिए ।
सो विद्यालयमा कक्षा ४ देखि ७ सम्म चीनियाँ भाषा पढाइ भइरहेको छ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव