गुरु रोइरहेका छन् : उपकूलपति

भक्तपुर, २४ भदौ । नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति डा.कुलप्रसाद कोइरालाले राम्रो विद्यार्थीको निर्माण गर्न गुरु राम्रो हुनुपर्ने बताएका छन् ।
‘राम र लक्ष्मण जन्माउन वशिष्टको आवश्यकता पर्छ’, उनले भने, ‘मन्टेश्वरीमा हामी पुग्दा हाम्रा वशिष्ट गुरु रोइरहेका छन् ।’ संस्कार, ज्ञान, कलमले परिवर्तन गराउनु पर्नेमा उनले जोड दिएका छन् । ‘अग्रँेजी नजान्ने मानिस डाक्टर, इञ्जिनियर, पाइलट बन्न सक्दैनन् भन्नु गलत हो, नेपाली भाषालाई विधिपूर्वक प्रयोग गरेर काम गर्न सकिन्छ’, उनले थपे ।
समाजवाद अध्ययन केन्द्रद्वारा आयोजित हस्तलेखन, निबन्ध लेखन र आई क्यु टेस्ट प्रतियोगितामा समाजवाद अध्ययन केन्द्रका संरक्षक तथा नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक शान्तिकृष्ण अधिकारीले विद्यार्थीहरुलाई अरुको कुरा सुनेर भन्दा पनि आफ्ना रुचिको विषय पढ्नलाई सल्लाह दिए । कार्यक्रममा माधव अर्यालले स्मरणको महत्वलाई दर्शाउने केही क्रियाकलाप गरेका थिए ।
प्रतियोगिताबाट चाँगुनारायणका उत्कृष्ट ९ विद्यार्थी छनोट गरिएको छ । चाँगुनारायण ‘नगरपालिकास्तरिय प्रतिभाको पहिचान’ नामक कार्यक्रम भक्तपुरको कमलविनायकस्थित स्टार बैंक्वेटमा सम्पन्न गरिएको हो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१८ को अवसरमा चागुँनारायण नगरपालिकाको स्कुलमा अध्ययनरत र त्यहि बसोबास गरी अन्यत्र स्कुलमा अध्ययनरत विद्यार्थीबाट नगरपालिकास्तरिय प्रतिभाको पहिचान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा प्रसाद फुयालले बताएका छन् । उनले शिक्षालाई मानव अधिकारको रुपमा लिनुपर्नेमा जोड दिएका थिए । उनका अनुसार अभिभावकको भोगाई र सिकाईलाई हरेक विद्यार्थीले शिक्षाको रुपमा लिन सके विद्यार्थीको आफ्नो प्रतिभा बढ्दछ । उनले यो प्रतियोगिता एक प्रकारको निजी र सामुदायिक विद्यालयबिचको प्रतिस्पर्धा भएको बताए ।
चागुँनारायणभित्रका ५२ र अन्य गरी जम्मा ६० वटा विद्यालयले यस प्रतियोगितामा भाग लिएका थिए । हस्तलेखनमा कक्षा ६,७,८ र निबन्धमा कक्षा ९,१० र त्यस्तै आई क्यू टेस्टमा कक्षा १०, ११, १२ का विद्यार्थीहरुले आफ्नो सहभागिता जनाएका थिए । हस्तलेखन प्रतियोगिताका २७५सहभागी विद्यार्थीबाट प्रथम, द्वितीय र तृतिय क्रमश:कक्षा ८ की रोशनी तामाङ (मनकामना मा.वि), कक्षा ७ का उपाधि सुवाल (एभरेस्ट इङ्लिश स्कुल) र कक्षा ७ की चण्डिका बारी (गोल्डेन सुनगाभा) भएका छन् । त्यस्तै निबन्ध लेखन प्रतियोगिताका १६५ सहभागी विद्यार्थीबाट प्रथम, द्वितीय र तृतीय क्रमश: कक्षा ९ का साई थापा (महेन्द्र विद्याश्रम), कक्षा १० की सृजना श्रेष्ठ (महेन्द्र ग्राम मा.वि), कक्षा ९ का भुपेन्द्र पुवौर मगर (देवी मा.वि) भएका छन् । आई क्यू टेस्टका ६४ प्रतिस्पर्धिमध्ये फुल ब्राइट इङ्लिश स्कुलको रसिका आचार्य प्रथम, ख्वप सेकेण्डरी स्कुलका दिवाकर तिमल्सिना द्वितीय र ख्वप सेकेण्डरी स्कुलकै रोशन थापा तृतीय भएका छन् ।
हस्तलेखन प्रतियोगिताका निर्णायक मण्डलमा डा.नारायण चालिसे, डा.भागवत ढकाल र मोहन गौली रहेका थिए । निर्णायक डा.भागवत ढकालका अनुसार हस्तलेखनमा वर्ण, हिज्जे, शुद्धता, सौन्दर्य र लेखनको विषयवस्तुलाई निर्णयको आधार मानिएको थियो । त्यस्तै निबन्धमा मौलिकता, हार्दिकता र आफ्नो अभिव्यक्तिको मुल्याङ्कन गरिएको उनले बताए ।
हस्तलेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद क्रमश: ४ हजार, ३ हजार र २ हजारका साथ ट्रफी र प्रमाणपत्र दिइएको थियो । त्यस्तै निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद क्रमश : हजार, ४ हजार र ३ हजारका साथ ट्रफी र प्रमाणपत्र दिईएको थियो । आई क्यू टेस्टप्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद क्रमश: ८ हजार, ६ हजार र ४ हजारका साथ ट्रफी र प्रमाणपत्र दिइएको थियो । हरेक विधामा प्रथम भएका विद्यार्थीे अध्ययनरत स्कुललाई एक राष्ट्रिय दैनिक पत्रिका पुस्तकालय अभियानका लागि एक वर्षसम्म उपलब्ध गराइने भएको छ ।
:1676 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव