त्रिदेवी स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । त्रिदेवीनगर, कोटेश्वरस्थित त्रिदेवी इंग्लिस स्कुलका २० जना विद्यार्थीलाई आइतबार टिम नेपाल संस्थाको तर्फबाट शैक्षिक सामग्री वितरण गरिएको छ ।
स्थानीय पत्रकार एवम् स्काउट गुरु बलराम प्यासीको पहलमा टिम नेपालले उपलब्ध गराएको शैक्षिक सामग्री संस्थापक अध्यक्ष प्रदिप बज्राचार्यले विद्यार्थीलाई वितरण गरेका थिए । वितरित शैक्षिक सामग्रीमा कापी, कलम तथा पिउने पानीको बोत्तल लगायत समावेश छ ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल बिके फोजुले अध्यक्ष बज्राचार्यलाई विद्यालयको तर्फबट धन्यवादपत्र हस्तान्तरण गरे ।

:551 Views

Leave a Reply