जनप्रेमीमा तीज नृत्य प्रतियोगिता

भक्तपुर । कौशलटारस्थित आर्दश जनप्रेमी अङ्ग्रेजी माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव तथा हिन्दू नारीहरूको महान् चाड हरि तालिका तीजको अवसरमा विद्यालयमा पृथक कार्यक्रम आयोजना गरिएको छ । कक्षा ३ सम्मका विद्यार्थीहरूलाई सहभागी गराएको तीज नृत्य प्रतियोगितामा १९ वटा विद्यालयको उत्साहजनक सहभागिताबाट कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । विद्यालयका प्राचार्य निलेश आचार्यको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रममा ओम ज्ञान मन्दिर स्कुल – प्रथम, कौशलटार इ. स्कुल –दोस्रो, वेदिक एकेडेमी – तेस्रो, ह्याप्पी नेष्ट, कौशलटार र आदर्श ज्योति मा. वि. – पाण्डुबजार, भक्तपुर सान्त्वना र उत्कृष्ट भेषभूषा विद्यामा कौशलटार इ. स्कुल हुन सफल भएका थिए । प्रतियोगितामा सफल हुने विद्यार्थी र विद्यालयलाई प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ र विशेष अतिथि प्याब्सन भक्तपुरका अध्यक्ष श्री कृष्ण के.सी.ले ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरेका थिए । विद्यार्थीहरूको वौद्धिक, मानसिक, शारििरक, शैक्षिक विकासमा थप टेवा दिन र हिन्दू नारीहरूको महान पर्व तीजको साँस्कृतिक र व्यवहारीक ज्ञान दिन यस प्रकारका पृथक प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक राजु प्रजापतिले नुवागी डटकमलाई बताए ।

:2095 Views

Leave a Reply