परीक्षार्थीलाई सास्ती: शिक्षक परीक्षा केन्द्र निर्धारणमा बदमासी !

भक्तपुर । शिक्षक सेवा आयोगले सबै तहका शिक्षकको पदपूर्तिका लागि तोकेको परीक्षा केन्द्रमा बद्मासी गरेको शिक्षकहरुले आरोप लगाएका छन् । आयोगले परीक्षा केन्द्रका लागि फरक जिल्ला तोकेपछि परीक्षार्थीले आफूहरुलाई ‘सास्ती’ दिएको बताउँदै आयोगले बद्मासी गरेको आरोप लगाएका हुन् ।
‘महँगो भाडाका कारण प्लेन चढेर जानै समस्या हुने भयो,’ हुम्लाका स्थानीय पूर्णबहादुर शाहीले भने, ‘परीक्षार्थीको संख्या धेरै भएकाले टिकट पाउन समेत समस्या हुने देखिन्छ ।’ आगामी असोज ११, १२ र १३ गते हुने माध्यमिक तथा आधारभूत तहको लिखित परीक्षाको केन्द्र फारम भरेको जिल्लाभन्दा फरक जिल्लामा तोकिएपछि दुर्गमका परीक्षार्थीलाई असुविधा हुने उनको भनाइ छ ।
सुर्खेतबाट फारम भरेका परीक्षार्थीले प्रदेश नम्बर ५ को बाँकेबाट परीक्षा दिनुपर्ने भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटका परीक्षार्थीका लागि बाँकेमा परीक्षा केन्द्र तोकिएको छ । सडक यातायातको सुविधा नभएका कर्णालीका हुम्ला र डोल्पाका परीक्षार्थीलाई हवाईजहाजमार्फत सुर्खेत आएर परीक्षा दिन जाँदा एकजना परीक्षार्थीकोे कम्तीमा ५० हजार खर्च हुने देखिएको छ ।
उनले खाना र बसाइमा समेत धेरै रकम खर्च हुने भएकाले परीक्षा बाहिर राखिनु अव्यावहारिक भएको बताए । हुम्लाबाट ६ सय ७१ परीक्षार्थीले शिक्षक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्दै छन् ।
हुम्लाबाट फाराम भरेका सबै तहका परिक्षार्थीका लागि जिल्लामै परीक्षा केन्द्र तोक्न सांसद रङ्गमति शाहीले प्रतिनिधिसभामा माग गरेकी थिइन् । उनले शिक्षामन्त्रीलगायतका अधिकारीसँग भेटेर यसबारे ध्यानाकर्षण गराएको बताइन् । ‘कम्तीमा आधारभूत तहको परीक्षा केन्द्र जिल्लामै राख्न सकिन्थ्यो,’ उनले भनिन्, ‘बाहिर केन्द्र राखिँदा प्रतियोगी परीक्षाबाट बञ्चित हुने अवस्था आयो ।’
साबिक कर्णाली अञ्चलका ५ र दैलेखबाट फाराम भरेका परीक्षार्थीको केन्द्र सुर्खेत तोकिएको हो । विगतमा निमावि र मावि तहको शिक्षकका लागि सुर्खेत र प्राथमिक तहका लागि जिल्लामै केन्द्र तोकिएको थियो ।
दुर्गम क्षेत्रका परीक्षार्थीलाई असुविधा हुने भए पनि परीक्षाको मर्यादा कायम गर्न परीक्षा केन्द्र बाहिर राखिएको आयोगका उपसचिव दामोदर आचार्यले बताए । उनले ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरिएको भए पनि सुरक्षा तथा यातायातको सुविधा हेरेर ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने जानकारी दिए ।
:3598 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव