शिक्षाको राष्ट्रिय उद्देश्यबारे शिक्षक अनविज्ञ

इन्द्र प्रसाइँ / आज सानासाना बालबालिकाहरुमा आत्महत्या गर्ने दर बढिरहेको छ । आफूलाई चिन्ने, आफ्नो मूल्य मान्यता चिन्ने बालबालिका कसरी बनाउने ? भन्ने विषयमा हामीले ख्याल गर्नुपर्छ । यो कुरा सानैबेला देखि बताउनु आवश्यक छ । यसनिम्ति अभिभावक शिक्षाको आवश्यकता बढेको छ । बालबालिकालाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पढाएका छन्, स्कुलहरुले । त्यसले पुगेन ट्युशन पढाएका छन् । तर त्यो बालबालिकालाई रातदिन ह्याण्डल गर्ने बाआमालाई चाँहि कसले पढाउने ? तिनीहरुका लागि स्कुल खोई, तालिम खोई, परामर्श खोई ।

अब स्कुल बाबनानीहरुलाई, यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर स्कुलमा पढायो, घरमा बाआमाको व्यवहार फरक छ । कराउने शैली फरक छ । स्टुडेन्टवेस प्यारेन्टिङ हुनुपर्ने, विकनेशवेस प्यारेन्टिङ छ । जहाँ कमजोर छ, त्यहाँ स्ट्राइक भइरहेको छ । जहाँ राम्रो छ, त्यहाँ स्ट्राइक भएको छैन । प्रगति गर्नुपर्ने कुरालाई जोड दिनुभन्दा कमजोर कुरालाई फोकस गर्दै अभिभावक शिक्षा दिइरहेका छौं ।

इन्द्र प्रसाइँ , इन्स्पायर एजुकेशन

प्रत्येक प्रिन्सिपलले शिक्षकलाई तपाइँ लिडर हो भन्ने बुझाउनु पर्छ । शिक्षामा लाग्नुभएको, समाज परिवर्तनमा लाग्ने महान् व्यक्तित्व हो, तपाइँ रोलमोडल हो, तपाइँ सामान्य व्यक्ति हुनुहुन्न भन्ने बुझाउनुपर्छ । माउ हाँस, जताजता जान्छ, छोराछोरी हाँस त्यतैतिर जान्छन् । त्यसैले चरित्रवान्, आदर्श, नैतिकवान् प्रिन्सिपलले सोच्नुपर्छ ।

बालबालिकाले राम्रो काम गर्दा तैं चुप , मै चुप, गमक्क पर्छौं । तर जब गल्ती गर्छन्, हामी सबै उफ्रेर खनिन्छौं । किन त्यस्तो गरिस् भनेर सोध्छौं ? स्कुलमा पनि त्यस्तो भइरहेछ । यो सबै हुनुमा बालबालिकालाई पढाइको लोड होइन, अन सिस्टमेटिक कारणले गर्दा भएको हो ।

बालबालिकालाई च्वाइस के कुरामा दिने त ? सर्टेन चीज हुन्छ, जसमा च्वाइस दिन मिलदैन । पढ्नैपर्छ, लेख्नैपर्छ भन्नेमा च्वाइस छैन ।

अनुशासित बन्नुपर्छ, त्यसको च्वाइस छैन, संस्कार र संस्कृति सिक्नुपर्छ, त्यसको च्वाइस छैन । असल बन्नुपर्छ त्यसको च्वाइस छैन । च्वाइस केमा छ त भन्दा तिमी फुटबल खेल्छौ कि ब्याडमिन्टन खेल्छौ ? तिमी माछामासु खान्छौ कि फलफूल खान्छौ ? सिमिलर चिजमा च्वाइस दिने हो । तर मूल मन्त्रमा च्वाइस हुन्न । उत्तरदायित्व बहन गर्ने कुरामा च्वाइस हुन्न । तिमीलाई मेरो कक्षा मन नपरे, बाहिर जाउ भन्नु च्वाइसको विषय हैन । त्यसको सट्टा शिक्षकले मैले कसो गरेर भनेँ भने तिमीलाई अझ राम्रो हुन्छ ? भनेर सोध्न सक्यौं भने, तिमीलाई कहाँ के समस्या भएको छ ? भनेर सोध्यौं भने, तिमीलाई अडियो देखाएर पढाऔं कि भिडियो देखाऔं कि ?, एक्टिभिटीमा लैजाने कि भन्ने विषयमा च्वाइस दिन सकिन्छ तर गेटआउट भन्ने च्वाइस हैन ।

आज स्कुलमा के समस्या छ भने कन्सेप्ट नै क्लियर नगरी कन कक्षा चढाइन्छ । अनुशासनमा कमी भइहरेको छ । स्कुल सञ्चालकहरु, शिक्षकहरु, प्रिन्सिपलहरुलाई पनि टाइम बिताउन पाए हुन्थ्यो, चलाउन पाए हुन्थ्यो भन्ने मात्र छ ।

शिक्षा दिन लागेका शिक्षकहरुलाई नै राष्ट्रिय उद्देश्य थाहा छैन । त्यतिमात्र हैन, तहगत उद्देश्य, कक्षागत उद्देश्य थाहा छैन, विषयगत उद्देश्य थाहा छैन । त्यो पनि टपिकगत उद्देश्य थाहा छैन । पहिला राष्ट्रिय उद्देश्य थाहा पाउन जरुरी छ ।

प्रत्येक प्रिन्सिपलले शिक्षकलाई तपाइँ लिडर हो भन्ने बुझाउनु पर्छ । शिक्षामा लाग्नुभएको, समाज परिवर्तनमा लाग्ने महान् व्यक्तित्व हो, तपाइँ रोलमोडल हो, तपाइँ सामान्य व्यक्ति हुनुहुन्न भन्ने बुझाउनुपर्छ । माउ हाँस, जताजता जान्छ, छोराछोरी हाँस त्यतैतिर जान्छन् । त्यसैले चरित्रवान्, आदर्श, नैतिकवान् प्रिन्सिपलले सोच्नुपर्छ ।

शिक्षा क्षेत्रमा लागेको व्यक्तिले धेरै कुरा त्याग गर्नुपर्छ, आर्दश पात्र बन्नुपर्छ । शिक्षाले नेतृत्व तयार गर्छ । त्यो कुरा प्रत्येक शिक्षकले बुझ्न जरुरुी छ ।

म शिक्षक, प्रअलाई उत्साहित गर्न एउटा टेक्निक प्रयोग गर्छु, माया, प्रशंसा र सुझाव । सुझाव मात्र होइन, माया मात्र पनि हैन, प्रशंसाले मात्र हुन्न । यी तीनवटै कुरा दिनुपर्छ । देखावटी माया दिएर हुन्न । शिक्षक स्वभावत :अध्ययनशील हुनुपर्छ, कम्तीमा महिनामा एउटा शिक्षासम्बन्धी किताव पढ्नुपर्यो । खोज्नुपर्यो, अनुसन्धान गर्नुपर्यो । सिकाइ निरन्तर छ, सिकिरहनुपर्छ, एक शिक्षक हुनु, एक प्रअ हुनु फूलस्टप हैन । तालिम लिएर पनि हामी उत्साहित हुनुपर्छ ।

हाम्रो स्कुलमा रिसोर्स छैन, मटेरियल्स छैन, स्कुलले दिएन, प्रिन्सिपलले दिएन भन्ने ठूलो गुनासो छ । तर खाने मुखलाई जुंगाले छेक्दैन, तपाइँ साँच्चै चेञ्ज मेकर बन्न चाहनुहुन्छ भने तपाँइले देखेका हरेक सामग्री, हरेक चिज शैक्षिक सामग्री हुन्छन् । तर त्यसलाई प्रयोग हुन्छ भन्ने सोच्नुपर्यो ।

हामीले शिक्षकहरुलाई सम्भाव्यता पनि देखाइ दिनुपर्छ । आफ्नो दायित्वबारे संकुचित विचार, परिवेशले नभएर फराकिलो हिसाबले बताउनुपर्छ । आफूसँग ठूलो जिम्मेवारी छ भन्ने बुझाउनुपर्छ । अहिले हामी विद्यार्थीलाई मात्र पढाउँदै छैनौं, मूल्यवान जनशक्ति तयार गरिरहेका छौैं भन्ने बुझाउनुपर्छ । उनीहरुलाई तपाइँकोमा भएको चरित्र बालबालिकामा सर्ने हो भन्ने बुझाउनुपर्छ । त्यसकारण शिक्षकलाई रोलमोडल बन्न उत्साहित गर्नुपर्छ ।

नुवागी मिडियाले गत शुक्रबार प्रिन्सिपलहरुका लागि आयोजना गरेको कार्यक्रममा व्यक्त विचारको सार । इन्स्पायर एजुकेशनमा आवद्ध प्रसाई शिक्षक तालिमका प्रशिक्षक पनि हुन् ।

:1193 Views

Leave a Reply