गायन प्रतियोगितामा पाण्डे प्रथम

भक्तपुर, २५ भदौ । ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले सिनियर गायन प्रतियोगिता आज सम्पन्न गरेको छ । विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका ३५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
विद्यालयका संगीत गुरु यज्ञ राइको संयोजकत्वमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न नेपाली सुमधुर गीतहरू गाएर विद्यालयलाई संगीतमय बनाएका थिए । विद्यालयका योग गुरु तथा सार्थक जीवन अभियन्ता विश्वनाथ बराल र संगीत साधक राकेश गुरुङको निर्णायक भूमिका रहेको प्रतियोगितामा सहभागी विद्यार्थीहरु मध्ये कक्षा ८ मा अध्ययनरत छात्रा दिपिका पाण्डे पहिलो, कक्षा १० मा अध्ययनरत छात्रा निखिला बस्नेत दोश्रो, कक्षा ६ मा अध्ययनरत छात्र शुभम दुलाल तेस्रो तथा कक्षा ९ मा अध्ययनरत छात्र सागर खड्का सान्त्वना हुन सफल भएका थिए ।
विजयी विद्यार्थीलाई पुरस्कार स्वरुप शिल्ड तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले विद्यालयमा संगीतको महत्व बारेमा प्रकाश पारेका थिए ।

:1212 Views

Leave a Reply