शिक्षाका पाँच कर्मचारी पक्राउ, बढी भ्रष्टाचार शिक्षामै

काठमाडौं, भाद्र २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७४/०७५ मा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका १९, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १८, गृह मन्त्रालयका १४, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका १०, स्वास्थ्य मन्त्रालयका ६, अर्थ मन्त्रालयका पाँच, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका पाँच, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका चार, वन तथा भूसंरक्षण मन्त्रालयका चार र अन्यका १२ कर्मचारीलाई कार्यस्थलमै पक्राउ गरे ।
माथिको तथ्यांक हेर्दा शिक्षाका पाँचमात्र घटना देखिए पनि आयोगको वार्षिक तथ्यांकले भने अन्य क्षेत्रमा भन्दा शिक्षा क्षेत्रमै बढी भ्रष्टाचार हुने गरेको द्ेखाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा परेका कूल उजुरीमध्ये शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी रहेको पाइएको आयोगले जनाएको छ । सोही उजुरीका आधारमा शिक्षामा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्य पनि सार्वजनिक भएको हो ।
अख्तियारमा परेका कूल १९ हजार ४८८ वटा उजुरीमध्ये तीन हजार ५७० उजुरी अर्थात् १८ दशमलव ३२ प्रतिशत उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन् । तीमध्ये दुई हजार ४९९ वटा उजुरीको आवश्यक कारवाही भइसकेको आयोगले जनाएको छ ।
यस्तै संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित उजुरीको संख्या तीन हजार ५११ छन् । कूल १८ दशमलव शुन्य दुई प्रतिशत उजुरी परेकोमा तीमध्ये दुई हजार २८१ को सुनुवाई भएको छ ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार भूमिसुधार तथा व्यवस्था मन्त्रालय मातहत निकायका उजुरीको संख्या एक हजार २६२ छन् ।
वन तथा भूसंरक्षण मन्त्रालय मातहत निकायको ८७४ वटा उजुरी परेकोमा ६११ वटाको सुनुवाई भएको छ । कुल उजुरीमध्ये चार दशमलव ४८ प्रतिशत उजुरी सो मन्त्रालय मातहत निकायको रहेको जनाएको छ ।
आयोगका अनुसार स्वास्थ्य मन्त्रालय मातहत ८५१ उजुरी परेका छन् । त्यसमध्ये ६०४ उजुरीको सुनुवाई भएको छ । गृह मन्त्रालयको ८०४, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको ५५०, अर्थ मन्त्रालयको ५०४ तथा अन्य निकायको सात हजार ५६२ उजुरी परेका छन् । कूल उजुरीमध्ये १२ हजार ४०० उजुरीको सुनुवाई भएको छ ।
यस्तै आव २०७४/७५ मा सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ पर्नेमा तीन सहसचिव, सात उपसचिव, एक प्रहरी नायब उपरीक्षक, २२ शाखा अधिकृत, १३ इन्जिनियर तथा राजपत्र अनङ्कित र सहायकस्तरका कर्मचारीसहित १०८ कर्मचारी रहेका छन् ।
:2295 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव