आमन्त्रण कबड्डीमा ख्वप र वागीश्वरीको जीत जारी

भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा भाद्र २५ गतेबाट शुरु भएको आमन्त्रण छात्रछात्रा कबड्डी प्रतियोगितामा आज सम्पन्न भएका खेलहरुमा छात्रतर्फ ख्वप माविले ख्वप्रिङ एकेडेमीलाई हरायो भने वागीश्वरी माविले सेकरेड हर्ट माविलाई हरायो ।
त्यस्तै छात्रातर्फ ख्वपले पनौती मावि (काभ्रे) लाई हरायो । खेल सञ्चालनको क्रममा जनसेवा मावि (काठमाडौं) र भीमेश्वर मावि (काठमाडौ) निर्णायक समितिको कार्वाहीमा परेका छन् । जनसेवा माविले एक खेलाडी निर्धारित तौलभन्दा बढी भएकोलाई खेलाएपछि उक्त टिमलाई नै प्रतियोगिताबाट निष्काशन गरिएको हो ।
त्यस्तै भीमेश्वर माविले एक छात्र खेलाडी अन्य स्कुलको विद्यार्थी भएको पुष्टि भएपछि उक्त टिमलाई पनि प्रतियोगिताबाटै निष्काशन गरिएको हो ।
:1201 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव