तीजको रौनकमा बालबालिका

भक्तपुर । ग्ल्याडस्टोन एकेडेमीले हिन्दु नारीको महान् पर्व हरितालिका तीजको अवसरमा विद्यालयको पूर्व प्राथमिक भवनमा तीज विशेष कार्यक्रम र रेड डे आयोजना गरेको छ ।
पूर्व प्राथमिक इन्चार्ज मञ्जु श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा बालबालिकाहरुलाई तीजको परिचय, महिमा, र मनाउने तरिकाको बारेमा विशेष ज्ञान दिइएको थियो ।
रातो पोशाकमा सजिएका बालबालिका तथा शिक्षक, कर्मचारीले रंगीन बनेको विद्यालयमा जब तीजको सुमधुर गीत बज्न थाल्यो तब सबै उपस्थित व्यक्तिहरु स्वस्स्फूर्त रूपमा नाच्न थालेको संयोजक मञ्जु श्रेष्ठले बताइन् ।
तीजको दर स्वरुप विभिन्न परिकार, फलफूल तयार पारी मनाइएको पर्व निक्कै रोमाञ्चक र अविष्मरणीय बनेको उपस्थित बालबालिकाले बताए ।

:961 Views

Leave a Reply