वागीश्वरीमा बाल दिवस मनाइयो

भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा २९ औं राष्ट्रिय बाल दिवसको अवसरमा बाल र्याली, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले हरेक अभिभावक तथा शिक्षक शिक्षिकाले विद्यार्थीहरूलाई नैतिक शिक्षामा जोड दिई अध्यापन गर्दा समाजमा आवश्यक देशभक्त, असल र इमान्दार जनशक्ति तयार हुने बताए ।
नया“ पुस्ता मोबाइल प्रयोग गरी दिनभर कोठाभित्र समय बिताउने व्यवहारले सामाजिक गतिविधिबारे कुनै चासो नराख्ने बानीको विकास भएको स्पष्ट पार्दै उहा“ले विद्यार्थीहरूको शारीरिक र मानसिक रूपमा नकारात्मक असर पर्ने त्यस्तो व्यवहारप्रति हरेक अभिभावक सचेत रहन आग्रह गरे ।
विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले हरेक अभिभावक शिक्षक र हरेक शिक्षक अभिभावक बन्नुपर्ने आवश्यकता औंल्याउँदै यसले विद्यार्थीको बौद्धिक तथा शारीरिक विकासमा ठूलो योगदान हुने बताए ।
प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रावि इन्चार्ज कृष्णमान मलेपति, शिक्षिकाहरू मिना प्रजापति, सोनी न्हेम्हाफुकीलगायतले आफ्नो मन्तव्य राखेका थिए ।
बाल अधिकारका विभिन्न नाराहरू, साँस्कृतिक झाकी, धिमे बाजा, बासुरी बाजासम्मिलित र्यालीपश्चात सुरु भएको औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरूले विभिन्न प्रकारका सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव