परीक्षामा सहभागी अस्थायीलाई स्थायी गर्नुपर्ने माग

काठमाडौं ३१ भदौ । संयुक्त अस्थायी–करार केन्द्रीय कमिटीले विद्यालय बन्द गर्नेदेखि नेपाल शिक्षक महासंघको समानान्तर समिति गठन गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।
समितिको ११ औं पूर्ण बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष हेमनाथ चौलागाईले बताए । विभिन्न मागहरु राखी आन्दोलन गरिरहेका उनीहरुको सो बैठकले सबै परीक्षामा सहभागी अस्थायीलाई स्थायी गर्नुपर्ने, .विभिन्न कारणले परीक्षा छुटेका र २०७२ असोज ३ पछिकालाई आन्तरिक गर्नुपर्ने, विभिन्न कारणले सेवाबाट बाहिरिने शिक्षकलाई औषधि उपचारसहित एकमुष्ट रकमसहित बिदा गर्नुपर्ने माग पनि अघि बढाएका छन् ।
सोही बैठकले आगामी असोज १५ र १६ गते सामुदायिक विद्यालयको पठनपाठन बन्द गरी आआफ्नो गाउँपालिका र नगरपालिकामा धर्ना तथा ज्ञापन पत्र बुझाउने, प्रदेश र स्थानीय तहमा संगठन थप विस्तार र मजबुत बनाउने, अस्थायी, राहत, उमावि, विद्यालय कर्मचारी, बालकोटा संयुक्त भई कार्यगत एकता गर्ने र चरणबद्द आन्दोलन गर्ने, संसदीय समितिका सदस्यहरुसँग छलफल गर्ने पनि निर्णय गरिएको बैठकमा सहभागी अस्थायी शिक्षक आन्दोलन समितिका ंसयोजक बेदराज अधिकारीले जानकारी दिए ।
बैठकमा अध्यक्ष हेमनाथ चौलागाई, र उपाध्यक्ष ज्योतिनारायण ढकाल र राहतको तर्फबाट अध्यक्ष खेमराज अधिकारी र उपमहासचिब डम्बर राईलगायतले आआफ्नो विचार राखेका थिए । उनीहरुले आन्दोलनलाई अझ अघि बढाउने र सरकारले आफ्ना मागहरुको सुनुवाइ गरे असोज २१ गते छ वटै घटकको आयोजनामा मार्कर, किताब तालाचाबी, र खातापाता, प्रअलाई बुझाई काठमाडौंमा संयुक्त प्रदर्शन गर्ने पनि जनाएका छन् । साथै बैठकले महासंघले शिक्षकको समस्या समाधानमा ठोस पहल नगरी शिक्षा मन्त्रालयको प्रवक्ता भईरहेको अवस्थामा समानान्तर महासंघ पनि बनाउने विषयमा सहमति गरेका छन् ।
:7988 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव