विद्यालयद्वारा समर स्प्ल्यासको तयारी

भक्तपुर, ३१ भदौ । बढ्दो गर्मीलाई छल्न सहयोग पुर्याउने उद्देश्यले भक्तपुरमा समर स्प्ल्यास् हुने भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित राजर्षी गुरुकुल स्कुलको आयोजनामा यही असोज ६ गते शनिबार सो कार्यक्रम गर्न लागेको हो ।
विद्यालयको वार्षिक कार्यक्रमको रुपमा रहेको सो कार्यक्रम आयोजक विद्यालयको प्राङ्गणमा हुने विद्यालयले जानकारी दिएको छ । विद्यालयले विद्यार्थीहरुलाई पढाइ बाहेकका अन्य साहसिक खेलकुद र मनोरञ्जन दिन सो कार्यक्रम गर्न लागेको विद्यालयले जनाएको छ ।
नजिँकिदै गरेको दशैं तिहार बिदा अगाडि विद्यार्थीहरुमा हर्षित र पारिवारिक वातावरण सिर्जना गर्न सो कार्यक्रम सञ्चालित गर्न लागेको विद्यालयका प्रध्यानाध्यापक लियोन श्रेष्ठले बताए । ‘समर स्प्ल्यास्ले विद्यार्थी र अभिभावक तथा नयाँ साथीहरुले एक अर्काबाट केही सिक्ने अवसर पाउँदछन् ।’ उनले भने ।
कार्यक्रममा घोडा सवारी, प्रत्यक्ष साङ्गितिक ब्यान्ड शो, फेस पेन्टिङ्ग, जादु शो, भुत घर, स्विमिंग र बिंगो खेल पनि हुने विद्यालयले जानकारी दिएको छ ।
कार्यक्रमकै अवसरमा र्याफल चिठ्ठा खेल पनि आयोजना हुने भएको छ । सो खेलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः स्कुटर, एलईडी टेलिभिजन, वासिङ मेशिन उपहारको व्यवस्था गरिएको छ ।
:1166 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव