विद्यार्थीलाई बधाईसँगै बिदाई

भक्तपुर १ असोज । नौलो ज्योति अङ्ग्रेजी स्कूलमा २०७४ सालको एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा बिदाइ गरिएको छ ।
विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न सो कार्यक्रममा एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई विद्यालयका तर्फबाट टीका, सगुन, खादा तथा पदकले सम्मान गरिएको थियो ।
गत वर्ष अन्ठाउन्न जना विद्यार्थीहरू एसइइमा समावेश भएका थिए । जसमाा २१ जना एप्लस, १९ जना ए, १२ जना बी प्लस, ४जना बी, १ जना सी प्लस र १ जनाले सी ग्रेड ल्याएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवकृष्ण श्रेष्ठ, माध्यमिक तहका इन्चार्ज राजेन्द्र सिग्देल, शिक्षिका सुशीला श्रेष्ठले मात्र नभएर विद्यार्थीहरु उरीषा श्रेष्ठ र छात्र श्रृजन भण्डारीले पनि शुभकामना तथा बधाई मन्तब्य दिएका थिए । त्यस्तै एसइइ उत्तीर्ण विद्यार्थीका तर्फबाट प्रजीता काफ्ले र अनिश श्रेष्ठले बोलेका थिए ।
:552 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव