महालक्ष्मी स्कुलमा सब ओभरसियरको पढाइ

ललितपुर २ असोज । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुस्थित महालक्ष्मी माविमा सब ओभरसियरको पढाइ हुने भएको छ ।
निजी विद्यालयहरुमा मात्र पढाइहुँदै आइरहेको प्राविधिक विषयमा ललितपुरका सामुदायिक विद्यालयमध्ये सो विद्यालयमा पहिलोपटक सो विषयको पठनपाठन हुने भएको हो । देशमा शैक्षिक बेरोजगारको संख्या बढिरहेको समयमा प्राविधिक शिक्षामार्फत् बेरोजगारी समस्या समाधानका लागि सो विषयको पठनपाठन गर्न लागिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक नीलप्रसाद दुलालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीइभिटी)बाट सो विद्यालयमा सब इञ्जिनियरिङ विषय पठनपाठनका लागि सम्बन्धन दिइएको जानकारी दिए ।
उनले न्यूनत्तम शूल्कमा सो विषयको पढाइ हुने र पढाइपछिमात्र नभएर पढाइसँगै पनि रोजगारीको अवसर सिर्जना हुने बताए । ‘ १८ महिने यो कोर्षका लागि न्यूनत्तम ४५ हजार खर्च हुन्छ, यो विषय पढ्नका लागि एसइइमा डी र इ ग्रेड आए पुग्छ ।’ उनले भने ।
प्रधानाध्यापक दुलालले १८ महिनाको समयावधिमध्ये १० महिना सैद्धान्तिक र प्रयोगात्मक कक्षा हुने र बाँकी महिना भने अन द जब ट्रेनिङ(ओजेटी) हुने पनि बताए । ‘हामी अहिले ओजेटीसँगै विद्यार्थीले रोजगारी पाउने तरिकाले व्यवस्थापन गर्दैछौं ।’ उनले भने ।
सो विषय पठनपाठनका लागि आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधारको मूल्यांकन, अनुगमन पछि सिटीइीभटीले सम्बन्धन दिएको थियो । सो विषयमा सम्बन्धन दिएसँगै सो क्षेत्रका स्थानीय खुसी भएका छन् ।
:986 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव